शनिबार, जेठ ५, २०८१

थाइल्याण्डमा गाँजा बेर्ने च्याम्पियनसिप

नेपालखोज २०७९ चैत १४ गते १२:१२

फुकेट । थाइल्याण्डको फुकेट सहरमा आयोजित गाँजा मेलामा विभिन्न प्रतियोगिताहरु सम्पन्न भएका छन् ।

सबैभन्दा छिटो गाँजा बेर्ने यो च्याम्पियनशिपमा पाँच वर्षदेखि गाँजा बिक्री गर्दै आएका अटिवाट जनमवाङ्थाई बिजेता भएका छन् ।

मात्र ४३ सेकेन्डमा ज्वाइन्ट तयार

गाँजाको पसल चलाउने अटिभट जन्मवाङ्थाईले मात्र ४३ सेकेन्डमा चुरोटको रोल बनाएर सबैलाई मात दिए । आँखामा पट्टी बाँधेर पनि गाँजा भर्न सकिन्छ भन्ने देखाउन प्रतियोगितामा त्यस्तो खेल पनि समावेस गरिएको थियो । यस्ता सबै विजेताहरुलाई आयोजक पुनवरित वाङ्पत्रवानिचले एक-एक पुरिया गाँजा पुरस्कार प्रदान गरेका थिए ।

थाइल्याण्डले २०२२ मा गाँजाको प्रयोगलाई अपराधमुक्त घोषित गर्‍यो भने यो यस्तो निर्णय गर्ने पहिलो दक्षिणपूर्वी एसियाली देश हो । संसारका धेरै देशहरूमा गाँजाको प्रयोगलाई विभिन्न रूपमा अनुमति दिइएको छ जबकि अन्य ठाउँहरूमा यसको माग भैरहेको छ जसमा नेपाल पनि छ ।

थाइल्याण्ड बाहेक उरुग्वे, जर्जिया, दक्षिण अफ्रिका , क्यानाडा , मेक्सिको तथा माल्टामा गाँजाको प्रयोग कानूनी छ । कतिपय देशमा यसको बेचबिखन अवैध छ तर प्रयोग अवैध छैन ।

प्रतिक्रिया