बिहीबार, चैत १५, २०८०

चाैबीस घण्टामा २४ जना कोरोना संक्रमित थपिए

नेपालखोज २०७९ चैत १४ गते १७:१७

काठमाडाैं । नेपालमा पछिल्लाे चाैबीस घण्टामा थप २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ सय २९ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १५ तथा एन्टिजेन विधिबाट ९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ३ जना सङ्क्रमण मुक्त भएका छन्  । त्यस्तै, २८ हजार ९१० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट १२ हजार २० जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया