बुधबार, जेठ २४, २०८०

प्रचण्ड र शेरबहादुर देउवाले देशको भूगोल खुम्च्याएको ओलीकाे आरोप

नेपालखोज २०७९ चैत १४ गते १८:४६

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देशको भूगोल घटेको बताएका छन् । एमालेले पाल्पामा आयोजना गरेको कार्यक्रममा उनले प्रचण्ड र शेरबहादुर देउवाले देशको भूगोल खुम्च्याएको आरोप लगाए ।

उनले भारततर्फ लक्षित गर्दै भने, ‘मैले प्रधानमन्त्री भएर छाड्दा देश जत्रो थियो । पछि प्रचण्ड-शेरबहादुरहरुले अलिकति खुम्चाए । अलिकति आफ्नो भूभाग नदेखेको झैं गरे । कस्तो दलाली ? कस्तो चाकडी होला ? देश मिचिएको सरकारमा छन् रक्षा गर्ने कर्तव्य हो । तर, मैले त देखिन भन्छन् । मैले यति बोलेपछि भोलि कुम्लोकुटुरो बोकेर टिकट काटेर कुरा लगाउन जान्छन् । हजुर पाल्पामा गएर केपी ओलीले त नेपालको सिमाना घटायो भन्यो नि हजुर । त्यसलाई त आउन दिनुभएन है ।’

उनले आफूलाई प्रधानमन्त्री बन्ने कुनै रहर नभएको पनि बताएका छन् । ‘प्रधानमन्त्री बनिसकेँ, काम गरेर देखाइसकेँ, तपाईहरुले माया गर्नुभएको छ, मलाई पुगेको छ’ उनले भने, ‘तर देश त जोगिनुपर्‍यो नि देशको रक्षा हुनुपर्‍यो नि ।’

प्रतिक्रिया