बुधबार, जेठ २४, २०८०

कुन-कुन प्रदेशमा छ पानी पर्ने सम्भावना ?

नेपालखोज २०७९ चैत १५ गते ६:१५

काठमाडाैं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महशाखाले जनाएकाे छ । अहिले देशको पहाडी भू-भागहरूमा आंशिक बदली भई बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको विभागले जनाएकाे छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने कोसी, बागमती र गण्डकी  प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन /चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रतिक्रिया