शुक्रबार, चैत १६, २०८०

नियमित जीवनशैलीले डिमेन्सियाको जोखिम कम गर्न सक्छ

नेपालखोज २०७९ चैत १५ गते ६:४०

हालसालै गरिएको एक अनुसन्धान अनुसार, डिमेन्सिया (बुढेसकालमा बिर्सने)को सम्भावित जोखिमबाट सन्तुलित आहार र नियमित व्यायामले धेरै हदसम्म बच्न सकिन्छ । यो अध्ययन मेडिकल जर्नल जामामा प्रकाशित भएको छ । अध्ययनले अनियमित जीवनशैलीको तुलनामा नियमित जीवनशैली भएका मानिसहरूमा डिमेन्सियाको जोखिम ३२ प्रतिशतले कम भएको बताएको छ । यो अध्ययन उच्च अनुवंशिक जोखिम भएका व्यक्तिहरूमा गरिएको थियो।

उच्च अनुवंशिक जोखिम र अनियमित जीवनशैली भएका मानिसहरूमा कम अनुवंशिक जोखिम र नियमित जीवनशैली भएका मानिसहरूको तुलनामा डिमेन्सिया हुने सम्भावना लगभग तीन गुणा बढी थियो। युनिभर्सिटी अफ एक्सेटर, बेलायतका अन्वेषक एल्साबिटा कुज्माले भनिन् ‘हाम्रो निष्कर्ष रोमाञ्चक छ। अध्ययनले देखाउँछ कि हामी डिमेन्सियाका लागि हाम्रो आनुवंशिक जोखिमलाई सम्बोधन गर्न प्रयास गर्न सक्छौं।’

डिमेन्सिया के हो ?

विश्व स्वास्थ्य संगठनका अनुसार डिमेन्सिया मस्तिष्कसँग सम्बन्धित रोग हो, जसले स्मरणशक्ति गुमाउँछ। विश्वभर करिब ५ करोड मानिस यसबाट प्रभावित छन् । हरेक वर्ष यो रोगको एक करोड नयाँ केसहरू अगाडि आउँछन् । यो संख्या २०५० सम्ममा तीन गुणा हुन सक्छ । कुज्माको टोलीले युरोपमा ६० वर्ष वा सोभन्दा माथिका करिब १९७,००० मानिसको तथ्याङ्क विश्लेषण गरेको थियो ।

उनीहरूले आठ वर्षको अवधिमा डिमेन्सियाका १,७६९ वटा केस फेला पारे । उनीहरूले ती केसलाई उच्च, मध्यम र कम अनुवंशिक जोखिममा डिमेन्सियाका लागि समूहबद्ध गरे । उनीहरूको जीवनशैली जान्न अनुसन्धानकर्ताहरूले खाना, शारीरिक गतिविधि, धुम्रपान र मदिरा सेवन जस्ता बानीहरूको विश्लेषण गरे। यसमा धुम्रपान नगर्ने, नियमित व्यायाम गर्ने, रक्सीको कम सेवनका साथ स्वस्थ आहार लिनेलाई स्वस्थ जीवनशैली मानियो ।

अध्ययनले उच्च, मध्यम वा कम अनुवंशिक जोखिम समूहमा समावेश भए पनि उनीहरूमा डिमेन्सियाको जोखिम घटेको देखियो । एक्सेटर युनिभर्सिटीका डेभिड लेवेलिन भन्छन्, निष्कर्षमा एउटा महत्त्वपूर्ण सन्देश के छ भने , अनुवंशिकताले डिमेन्सियाको विकास गराउँछ भन्ने केही मानिसहरूको दृष्टिकोणको विपरीत, सन्तुलित र स्वस्थ जीवन बिताएर यसको विकास हुने सम्भावना कम गर्न सकिन्छ ।

स्रोत स् रोयटर्स

प्रतिक्रिया