प्रि-ओपन सेसनमा नेप्से १.६८ अंकले वृद्धि
नेपालखोज
२०७९ चैत १५ गते ११:३४

काठमाडौं । प्रि-ओपन सेसनमा बुधबार सेयरबजारमा सामान्य अंकले वृद्धि भएको छ । नेप्से परिसुचकमा १.६८ अंकले वृद्धिभइ १९२०.०९ विन्दुमा आएको छ ।
यससँगै ११ कम्पनीको ४४१ कित्ता शेयर खरिद-बिक्री हुँदा ३ लाख १ लाख ४१ हजार ६६८ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल ९ कम्पनीमा उकालो लागेको छ भने एक कम्पनी घटेको छ । यता, १३ उपसुचकहरु मध्ये ३ कम्पनीमा वृद्धि भएको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।
सम्बन्धित
प्रतिक्रिया