बिहीबार, वैशाख १३, २०८१

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

नेपालखोज २०७९ चैत १५ गते १७:२०

काठमाडौं । मन्त्रिपरिषद् विस्तारबारे निर्णय लिन १० दलीय गठबन्धनको बैठक बालुवाटारमा जारी छ । आजै बिहान एक चरण छलफल गरेर विना निष्कर्ष उठेका नेताहरू फेरि छलफलमा जुटेका हुन् ।

दुइ चरणमा मन्त्रीपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको चाहना अनुसार छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ । आजै केही मन्त्रीलाई शपथ गराउने द्येयले प्रधानमन्त्रीले केही राजनीतिक दलसँग नाम मागेपनि भागबण्डा नटुङिगदा त्यो संभावना लगभग टरेको बताइन्छ ।

सरकारमा सहभागी हुँदा नेपाली कांग्रेसले ९, नेकपा एसले ३, जसपा लगायतका दलले २–२ मन्त्रालय मागेपछि छलफल निष्कर्षमा पुग्न सकेको छैन् ।

प्रतिक्रिया