बारा निर्वाचन क्षेत्र २ : जसपाबाट यादवको एकल नाम सिफारिस
नेपालखोज
२०७९ चैत १५ गते १९:०४

काठमाडाैं । बारा निर्वाचन क्षेत्र २ मा आगामी वैशाख १० गते हुन लागेको उपनिर्वाचनको लागि जनता समाजवादी पार्टी (जसपा)बाट अध्यक्ष उपेन्द्र यादवको एकल नाम सिफारिस भएको छ ।
बुधबार बसेको जसपा क्षेत्रीय समितीको बैठकले अध्यक्ष यादवलाई उमेदवारको रूपमा सिफारिस गरेको हो ।
बारा–२ बाट निर्वाचित सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्र खाली भएकाले उपनिर्वाचन हुन लागेको हो ।
सम्बन्धित
प्रतिक्रिया