बुधबार, वैशाख १२, २०८१

मन्त्रिपरिषद् विस्तार होला ?

नेपालखोज २०७९ चैत १६ गते ६:०४

काठमाडाैं । सत्ता गठबन्धनमा मन्त्रालय बाँडफाँडमा सैद्धान्तिक सहमति जुटेसँगै आज मन्त्रिपरिषद् विस्तार हुने जनाइएकाे छ । हिजाे बैठकपछि जसपा नेता राजेन्द्र श्रेष्ठले मन्त्रालय बाँडफाँडमा सैद्धान्तिक सहमति भइसकेको दाबी गर्दै आज मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए ।

तर कुन दलले कुन मन्त्रालय लिने अझै टुंगो लागिसकेको छैन । उनले भने, ‘गठबन्धनमा सहमति भइसक्यो । अब दलहरुको आन्तरिक तयारी बाँकी छ । सबै पार्टीले आ-आफ्नो भागमा परेको मन्त्रालयको मन्त्री चयन गरेर प्रधानमन्त्रीलाई दिनुहुन्छ ।’

मन्त्रालयको संख्याबारे शीर्ष नेताहरुसँग आज फेरि एकपटक छलफल हुने बताए । उनले कुन पार्टीलाई कुन मन्त्रालय भन्नेमा कुरा मिल्न नसकेको बताए ।

प्रतिक्रिया