शनिबार, वैशाख ८, २०८१

कालो गाजरका बारेमा के थाहा छ ?

नेपालखोज २०७९ चैत १६ गते ६:५८

तपाईं हामीले वरपरका बजारहरूमा रातो वा सुन्तला रंगको गाजर बिक्रीवितरण गरिएको देखेका छौं । तर के हामिले कालो गाजर देखेका छौं ? कालो गाजरको बैज्ञानिक नाम Daucus carota हो । यो मुख्यतया भारत लगायत पूर्वी एसियालि देशहरूमा पाइन्छ वा उत्पादन गरिन्छ । यद्यपि, पछिल्ला केही दशकमा रातो गाजरको लोकप्रियताले यसको अस्तित्वलाई खतरामा पारेको छ ।

कालो गाजर मुख्यतया गाढा बैजनी रंगको हुन्छ । यसलाई काट्दा यसको भित्री भाग हल्का बैजनी वा पहेंलो रंगको हुन्छ । यसको स्वाद अन्य गाजर भन्दा मीठो मानिन्छ । यही कारणले गर्दा प्राचीन कालमा यसको रसलाई सरबत र हलुवा बनाउन प्रयोग गरिन्थ्यो । कालो गाजरको बीउ सेप्टेम्बर–अक्टोबर महिनामा रोपिन्छ र करिब तीन महिनामा यसको बाली तयार हुन्छ । सन् २०१६ मा पञ्जाब कृषि विश्वविद्यालयले कालो गाजरको नयाँ जात विकास गर्‍यो, जुन परम्परागत जातभन्दा अग्लो छ र एक एकड खेतमा १९६ केजीसम्म उत्पादन लिन सकिन्छ ।

यसको नाम ‘पंजाब ब्ल्याक ब्यूटी’ हो । कालो गाजरको उत्पत्तिस्थल पूर्वी एसियामा अफगानिस्तान मानिन्छ । विश्व गाजर संग्रहालयका अनुसार कालो गाजर पहिलो पटक मध्य एशियामा नवौं शताब्दीमा खेती गरिएको थियो। जब अरब १० औं शताब्दीको अन्त भैरहेको थियो यसको बीउ अन्डालुसिया (वर्तमान स्पेन) मा ल्याइयो।त्यहाँबाट यो उत्तरी युरोपका अन्य क्षेत्रहरूमा फैलियो । के मानिन्छ भने गाजर को सबैभन्दा लोकप्रिय प्रकार रातो र सुन्तला, वास्तवमा कालो र सेतो गाजर को उत्परिवर्तन बाट उत्पन्न भएको हो ।

हाल अफगानिस्तान लगायत भारत, पाकिस्तान, इरान र टर्कीमा यसको उत्पादन हुन्छ । गाजरको यो प्रजातिको संरक्षणका लागि दक्षिणी स्पेनको मलागामा हरेक वर्ष ‘द गाजर मोरा अफ कुभास बेजास’ भन्ने उत्सवको आयोजना गरिन्छ । यो उत्सव हरेक वर्ष डिसेम्बरको पहिलो आइतबार हुन्छ । सन् २००६ देखि सुरु भएको यो पर्वमा कालो गाजर र त्यसबाट बनेका खानेकुरा तथा औषधि बिक्री हुने गरेको छ । कालो गाजरको गाढा रंगमा एन्थोसायनिन नामक रसायनिक तत्व हुन्छ। यही कारणले गर्दा यसबाट बनेको पाउडरलाई खानामा फूड कलरका रूपमा प्रयोग गरिन्छ ।

यो पाउडरलाई खानामा पोषक तत्व सन्तुलनमा राख्न पनि प्रयोग गरिन्छ, किनभने कालो गाजरमा भिटामिन सी र भिटामिन ई प्रचुर मात्रामा पाइन्छ । औषधीय गुण : कालो गाजरमा फाइबर, पोटासियम, भिटामिन-ए, भिटामिन-सी, म्यांगनीज, भिटामिन-बी जस्ता धेरै पोषक तत्वहरू पाइन्छ । यसको नियमित सेवनले विभिन्न रोगबाट बचाउँछ । यसलाई औषधीका रूपमा प्रयोग गरिन्छ भने धेरै रोगको उपचारमा यो प्रभावकारी साबित भएको छ । कालो गाजरको औषधीय गुण पत्ता लगाउन समय समयमा अनुसन्धानहरू पनि भएका छन् । २००४ मा मेरी एन लिला द्वारा ‘एन्थोसायनिन्स एण्ड ह्यूमन हेल्थ : एन इन विट्रो इन्वेस्टिगेटिव अप्रोच’ मा गरिएको अध्ययन अनुसार कालो गाजरमा पाइने एन्थोसायनिन्सले शरीरमा क्यान्सर कोशिकाको निर्माणलाई कम गर्छ ।

यो अध्ययन जर्नल अफ बायोमेडिसिन एण्ड बायोटेक्नोलोजीमा प्रकाशित भएको थियो । सन् १९९९ मा अष्ट्रेलियन एण्ड न्युजिल्यान्ड जर्नल अफ ओपथाल्मोलोजीमा प्रकाशित एउटा अध्ययनको नतिजा ‘क्यारोट्स, क्यारोटिन एन्ड सिइङ इन द डार्क’ शीर्षकमा प्रकाशित भएको छ जसमा गाजरमा पाइने बिटा क्यारोटिनले आँखाको ज्योति बढाउने कुरा बताउँछ । सन् २०१७ मा फ्रन्टियर्स इन न्यूट्रिशन जर्नलमा प्रकाशित ‘म्यानेजिङ रयुमाटोइड आर्थराइटिस विद डायटरी इन्टरवेन्सस’को अध्ययन अनुसार कालो गाजरमा पाइने एन्टी-अक्सिडेन्ट र एन्टी-इन्फ्लेमेटरी गुणले बाथलाई रोक्छ । अर्का तर्फ सन् २०१८ मा जर्नल अफ मेडिसिनल केमिस्ट्रीमा प्रकाशित “एन्टि-डायबेटिक फेनोलिक काम्पाउन्डस अफ ब्लाक क्यारेट’ को अनुसन्धान अनुसार यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रित हुन्छ ।’

प्रतिक्रिया