बिहीबार, वैशाख १३, २०८१

तनहुँ-१ मा कांग्रेसबाट भट्टराई उमेदवार बनाउने निर्णय

नेपालखोज २०७९ चैत १६ गते १२:२१

काठमाडौं । तनहुँ-१ मा नेपाली कांग्रेसले गोविन्द भट्टराई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बिहीबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नेपाली कांग्रेसले नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि खाली रहेको तनहुँ क्षेत्र नम्बर–१ मा केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उमेदवार बनाउने निर्णय गरेको हो ।

प्रतिक्रिया