बिहीबार, चैत १५, २०८०

देउवाले मन्त्री टुंग्याउन धुम्बाराहीमा बोलाए आकस्मिक बैठक

नेपालखोज २०७९ चैत १६ गते १३:३५

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले टुंग्याउन नेताहरुलाई आफ्नै निवासमा बोलाएका छन् ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट निर्णय नगराई प्रचण्ड नेतृत्को सरकारमा कांग्रेसबाट मन्त्रीमा पठाउनेको नाम छनोट गरी अन्तिम निर्णय गर्न धुम्बाराही निवासमा आकस्मिक बैठक बोलाएका हुन् ।

उनले आगामी बैशाख १० मा हुने उपनिर्वाचनमा लागि तनहुँ १ बाट गोविन्द्र भट्टराई र चितवन २ बाट जीतनारायण क्षेष्ठलाई पार्टी बाट उम्मेदवार बनाउने निर्णय गराएर मन्त्री छान्ने बैठक धुम्बाराहीमा बोलाएका हुन् । कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम दिउँसो २ बजेभित्र बुझाउनुपर्ने छ ।

यसअघि सानेपास्थित केन्द्रीय कार्यलयमा बसेको बैठकबाट तनहुँ–१ मा गोविन्द भट्टराई र चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उमेदवार बनाउने निर्णय भएको थियो ।सत्ता गठबन्धनको बैठक अपराह्न २ बजे बस्दै छ । बैठकअगावै कांग्रेसले मन्त्री टुंगो लगाउने छन् ।

प्रतिक्रिया