शुक्रबार, वैशाख ७, २०८१

१७ करोडको कोकिनसहित दुई भारतीय महिला पक्राउ

नेपालखोज २०७९ चैत १६ गते १७:१०

काठमाडौं । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले झण्डै ८ किलोग्राम कोकिनसहित दुई भारतीय महिलालाई पक्राउ गरेको छ । ब्यूरोले काठमाडौंबाट नयाँदिल्ली जान लागेकी ४५ वर्षकी भल्लालामीलाई १४ चैतमा पक्राउ गरेको छ । उनको साथबाट २ किलो ८८७ ग्राम कोकिन बरामद गरेको छ ।

त्यस्तै भारतीय नागरिक २९ वर्षकी इस्टर लालिम्पुरीलाई ठमेलको एक होटलबाट ५ किलो कोकिनसहित पक्राउ गरेको ब्यूरोले जानकारी दिएको छ । उनीहरु दुबै जनाबाट बरामद भएको कोकिनको मूल्य १७ करोड, ३ लाख ५९ हजार २०० रुपैयाँ रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया