शनिबार, जेठ ५, २०८१

अध्यागमन हिरासत आप्रवासी मृत्यु प्रकरणः छ जनाविरुद्ध पक्राउ पुर्जी जारी

नेपालखोज २०७९ चैत १७ गते १६:५८

मेक्सिको सिटी । मेक्सिकोको एक अदालतले अमेरिकासँगको सीमावर्ती शहर सिउडाड जुआरेजको अध्यागमन हिरासतमा हालै भएको आगजनीको घटनालाई वेवास्ता गरेको अभियोगमा छ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

अध्यागमन कार्यालयका तीन जना अधिकारी र सुरक्षा गार्डविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको सङ्घीय अभियोजकहरूले बताएका छन् । उनीहरूलाई हालसम्म पाँच जनालाई पक्राउ गरिएको जानकारी पनि दिएका छन् ।

यसै साता जुआरेजको अध्यागमन हिरासतमा मध्य तथा दक्षिण अमेरिकाबाट अमेरिका जाने प्रयासमा रहेका ४० जना आप्रवासीको जलेर मृत्यु भएको थियोभने सत्ताइस जनाभन्दा बढी गम्भीर घाइते भएका थिए । हिरासतमा रहेका आप्रवासीले आफूहरूलाई देश निकाला गरिने जानकारी पाएपछि गद्दा जलाएर विरोध गर्दा उक्त घटना भएको थियो ।

अध्यागमन अधिकारी र सुरक्षाकर्मी आगो लागेको देखे पनि त्यसलाई वेवास्ता गर्दै आफ्नो गन्तव्यतर्फ लागेका थिए । आगलागीमा ज्यान गुमाउने तथा घाइते हुनेमा ग्वाटेमाला, होन्डुरस, भेनेजुएला, एल साल्भाडोर, कोलम्बिया र इक्वेडरका नागरिक छन् ।

प्रतिक्रिया