बुधबार, वैशाख १२, २०८१

कस्ता हुन्छन् मीन राशिका मानिस ?

नेपालखोज २०७९ चैत १८ गते ६:३८

ज्योतिषशास्त्र अनुसार राशिफल भविष्यवाणीक‍ो राम्रो विधि हो । जोतिषीहरु भन्छन् , जीवनमा कुनै महत्त्वपूर्ण काम गर्नु छ भने पहिले राशिफल हेराउनु उचित हुन्छ । कतिपय व्यक्तिको जीवनसंग राशिफल मिल्छ त्यसैले उनिहरु दैनिक राशिफल हेर्छन भने, कसैले यसको वास्ता गर्दैनन् । राशिबाट मानिसको भाग्यमात्र होइन उसको स्वभाव , चरित्र लगायतका धेरै कुरा आँकलन गर्न सकिन्छ ।

राशिमा आधारित भएर मानिसको प्रेम जिवन , शुभ – अशुभ कुराहरु समेत निर्धारण गरिन्छ । बास्तवमा राशि मानिसको समग्र ब्यक्तित्वको ऐना हो । राशिको सहि र सटिक फलका लागि आफ्नो जन्म मिति , समय र स्थान एकदम सहि हुन जरुरि छ भने कतिपय कुरा राशिमा भए पनि आफ्नो चिनाका अनेकन कुरामा भर पर्छ । यसैगरी राशिफल हेर्नेको ज्ञान र मेहनतमा पनि यसको सटिकता निर्भर गर्छ । सार्वजनिक माध्यममा आउने राशिफल जेनरल हुने र लाखौं मानिसका लागि एउटै कुरा भनिने हुँदा सबै कुरा म्याच नहुनु वा नगर्नु स्वभाबिक हो ।

मीन : मिन राशीका व्यक्तिको बोलिमा मिठास हुन्छ, उनीहरु सबैलाई सजिलै आकर्सित तुल्याउन सक्छन । यीनिहरु आफ्नो जीवन सोखिन र आनन्दमय तरिकाले जिउन चाहन्छन । बिलासिता निकै मन पराउँछन । यीनिहरु केही मात्रामा जिद्दी र कमलो मन भएका हुन्छन । यीनिहरुको अनुहार र हाउभाउ तेजिलो हुन्छ । हत्तपत्त रिसाउँदैनन तर रिसाए भने आफुलाई नियन्त्रण गर्न सक्दैनन। यो राशिका मानिसहरु निकै गम्भिर खालका हुन्छन । उनीहरु आफ्नो परम्परा र सिध्दान्तमा अडिग रहन्छन भने आफ्नो केही कुरामा अरुले अधिकार जमाउन खोजे सहन गर्दैनन् ।

यीनिहरु अल्ली डाहा गर्ने खालका पनि हुन्छन । कसैको अधिनमा बस्न रुचाउँदैनन , स्वतन्त्रता प्रेमी हुन्छन् । यीनिहरु केही मात्रामा स्वार्थी पनि हुन्छन । धार्मिक तथा साहित्यमा रुची राख्छन । खर्च गर्न पछी पर्दैनन । अरुलाई सल्लाह दिन रुचाउँछन । अरुको सम्मान गर्न जान्दछन्। यो व्यक्ति आफ्नो उमेरभन्दा ठूला अर्थात् परिपक्व कुरा गर्छन् ।

यीनिहरुको कुरा श्रवणयोग्य र रमणीय हुन्छ। मिन राशी वा मिन लग्न का ब्यक्तीहरु प्राय जसो ब्यापार – ब्यबसायमा निपुण हुन्छन । सामाजिक, पर्यटन, शैक्षिक, कर्मकाण्ड , प्रवचन आदिमा दखल हुन्छ । मिन राशिका लागि सोमबार, मंगलवार र बिहीवार शुभबार हो भने शुक्रबार घातकबार हो । शुभ रत्न : पुष्पराज, मोती तथा मुगा शुभ राशी : मेश, कर्कट, सिंह एवं धनु शत्रु राशी : बृष, मिथुन, कन्या तथा तुला ।

प्रतिक्रिया