शनिबार, जेठ ५, २०८१

इटालीले च्याट जिपिटीमाथि लगायो प्रतिबन्ध, गोपनीयता जोखिममा परेको तर्क

नेपालखोज २०७९ चैत १८ गते ९:५८

इटाली । इटाली एआइ (आर्टिफिशल इन्टलिजेन्स)मा आधारित च्याटबोट च्याट जिपिटी माथि प्रतिबन्ध लगाउने पहिलो पश्चिमी देश भएको छ । इटालियन डाटा-संरक्षण प्राधिकरणका अनुसार च्याट जिपिटीको मोडलमा डाटा सुरक्षाको चिन्ता छ ।

च्याट जिपिटी अमेरिकाको ओपन एआई स्टार्टअपले निर्माण गरेको हो र यसमा माइक्रोसफ्टले लगानी गरेको छ । ईटालियन नियामकहरुका अनुसार यसले ओपन एआईलाई “तत्काल प्रभावकारि ढंगले” प्रतिबन्ध लगाइने छ र यसमाथि थप छानबिन हुनेछ ।

च्याटबोट च्याट जिपिटीले आर्टिफिसियल इन्टेलिजेन्सको सहायताले मानिसका जस्तासुकै प्रश्नहरूको जवाफ दिन्छ भने यसले मानिसको लेखन शैलीको नक्कल समेत गर्छ ।

माइक्रोसफ्टले यसका लागि अर्बौं डलर खर्च गरेको छ र यसलाई गत महिना आफ्नो खोज इन्जिन बिंगमा थपेको छ । कम्पनीले यसलाई वर्ड, एक्सेल, पावरप्वाइन्ट, आउटलुक लगायतका अफिस एपहरूमा इम्बेल्ड गर्ने जनाएको छ ।

प्रतिक्रिया