आइतबार, जेठ ६, २०८१

अन्तरराष्ट्रिय मुद्रा कोषले युक्रेनलाइ साढे १५ अर्ब डलर ऋण दिने

नेपालखोज २०७९ चैत १८ गते १०:३७

एजेन्सी । अन्तरराष्ट्रिय मुद्रा कोषले (आईएमएफ) युद्ध प्रभावित युक्रेनको अर्थतन्त्र सुधारका लागि १५ अर्ब ६० करोड डलर ऋण प्रदान गरिने जानकारी दिएको छ।

चार वर्ष लामो यो ऋण कार्यक्रमको उद्देश्य सूक्ष्म अर्थतन्त्र तथा वित्तीय स्थिरताका साथै युद्धले क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण रहेको आईएमएफले जनाएको छ।

आईएमएफको विज्ञप्तिमा भनिएको छ, ‘युद्धका कारण युक्रेनको अर्थव्यवस्थामा संकट देखापरेको छ भने आर्थिक गतिविधिमा अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतले गिरावट आएको छ, जसले गरीबी ह्वात्तै बढाएको छ।’

प्रतिक्रिया