शुक्रबार, वैशाख ७, २०८१

मिटरब्याज पीडितलाई भेटेका प्रधानमन्त्रीले भने, ‘कानुन बनाएर दीर्घकालीन रुपमै समाधान खोज्छु’

नेपालखोज २०७९ चैत १८ गते १०:४९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै कार्यकालमा कानुन बनाएर दीर्घकालीन रुपमै यसको समाधान गर्ने बताएका छन् ।

न्याय माग्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका मिटरब्याज पीडितको गुनासो सुनेपछि प्रचण्डले सरकारले कानुन बनाएर दीर्घकालीन रुपमै यसको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले गृहको टोलीसँग बार्ता गरी सहमति गरेर ढुक्क भएर घर जान पीडितलाई भनेका छन् । मिटरब्याज समस्या समाधानका लागि तत्काल उच्चस्तरीय आयोग बनाउने निर्णय मन्त्रिपरिषदले गरिसकेको बताउँदै उनले न्याय पाइन्छ भन्नेमा ढुक्क हुन आग्रह गरे ।

काठमाडौंमा न्यायका लागि १७ दिनदेखि संघर्षरत मिटरब्याज पीडितले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर न्याय मागेका थिए ।

प्रतिक्रिया