मंगलबार, वैशाख ४, २०८१

शङ्खधर सहकारीद्वारा रगत सङ्कलन

नेपालखोज २०७९ चैत १८ गते १६:४८

भक्तपुर । छैसट्ठिऔँ राष्ट्रिय सहकारी दिवसका उपलक्ष्यमा मध्यपुर ठिमीस्थित शङ्खधर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

लायन्स क्लब अफ काठमाडौँ ब्लड सर्कलको प्राविधिक सहयोगमा भएको सो रक्तदान कार्यक्रममा आठ महिला र २७ पुरुष गरी कूल ३५ जनाले रक्तदान गरेका थिए ।

सहकारीले बर्सेनि स्थापना दिवसका दिन रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । रगतको अभाव भएको अवस्थामा सङ्कलित रगतबाट बिरामी लाभान्वित हुँदै आएकाले कार्यक्रमको आयोजना गरिएको शङ्खधर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रामसुन्दर श्रेष्ठले बताए ।

प्रतिक्रिया