शुक्रबार, वैशाख १४, २०८१

आज प्रतिनिधिसभा बैठक बस्दै

नेपालखोज २०७९ चैत १९ गते ६:३६

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले ‘राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन आ.व. २०७८/७९ पेस गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

त्यस्तै, प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने, उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनहरुलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिने र प्रतिवेदन पारित गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारि दिएको छ ।

प्रतिक्रिया