शुक्रबार, वैशाख १४, २०८१

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

नेपालखोज २०७९ चैत १९ गते १०:४६

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुन भाउ घटेको छ । भने चाँदीको भाउ बढेको छ । छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले घटेर १ लाख ८ हजार ६ सय रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि ६ सय रुपैयाँले घटेको छ । तेजाबी सुन प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको भाउ १० रुपैयाँ बढेको छ । चाँदी आज प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया