शुक्रबार, जेठ ४, २०८१

के कोरोनाको बुस्टर डोज जरुरी छ ?

नेपालखोज २०७९ चैत २० गते ६:४१

काठमाडाैं । सरकारले अहिले सबैलाई कोरोनाको बूस्टर डोज लगाउन अनुरोध गरिरहेको छ । छिमेकि मुलुक भारत सहित नेपालमै पनि बढदो कोरोना संक्रमण लाई मध्यनजर गर्दा कोरोनाको यो बूस्टर डोज निकै महत्त्वपूर्ण छ । बेलायतको नेशनल हेल्थ सर्भिस अर्थात् एनएचएस (ल्ज्क्)ले दिएको जानकारी अनुसार कोरोना भाइरस (कोभिड-१९) खोपको बुस्टर डोजले अघिल्ला डोजबाट प्राप्त सुरक्षालाई बलियो बनाउन मद्दत गर्छ ।

नेपाल सरकारले पनि यसअघि खोप लगाएकाहरूलाई बुस्टर डोज दिने निर्णय गरेको छ तर वास्तवमा बुस्टर डोज भनेको के हो ? यो कोरोना भाइरसविरुद्ध कसरी र कति प्रभावकारी छ, याे भने धेरैलाई अन्योल छ । जानकारहरुको कुरा मान्ने हो भने यो खोपले शरीरलाई रोग वा भाइरल संक्रमणविरुद्ध लड्ने शक्ति दिन्छ ।

बुस्टर डोज के हो ?

जब हामी कुनै रोगबाट बच्न खोप लगाउँछौं तब हामी हाम्रो शरीरको प्रतिरक्षा प्रणालीलाई त्यो रोगसँग लड्न तयार गरिरहेका हुन्छौं । यद्यपि कहिलेकाहीँ खोपको एकभन्दा बढी डोज लिनुपर्छ । कोभिडको बूस्टर डोज भनेको खोपको अतिरिक्त डोज हो, जुन खोपको मूल शटबाट सुरक्षाको समय सकिएसँगै दिइन्छ । कोरोनामा सामान्यतया एउटा बूस्टर खुराक दिइन्छ जब प्रारम्भिक खुराकबाट प्राप्त प्रतिरक्षा समाप्त हुन्छ ।

बूस्टर शटले मानिसलाई लामो समयसम्म प्रतिरक्षा स्तर कायम राख्न मद्दत गर्दछ । बुस्टर शटलाई ु सावधानी खुराक ु पनि भनिएको छ । बीबीसीका स्वास्थ्य तथा विज्ञान संवाददाता जेम्स गालाघर भन्छन् ( यो हाम्रो स्कूल जस्तै छ । जेम्स यसलाई स्पष्ट पार्दै सुनाउँछन ‘पहिलो खुराक भनेको हाम्रो प्राथमिक विद्यालय हो , जसमा हामिले वर्णमाला सिक्छौं । त्यहाँ हामिले थुप्रै विषयको आधारभूत ज्ञान प्राप्त गर्छौ तर त्यति मात्र पर्याप्त हुँदैन । त्यसैले हामिले माध्यमिक विद्यालय र कलेज वा विश्वविद्यालय जानु पर्नेहुन्छ ।’

कोभिड-१९ को बुस्टर डोजमा कुन खोप प्रयोग गर्ने ?

सुरुसुरुमा मानिसहरूलाई एउटै कम्पनीको बूस्टर डोज दिने कुरामा जोड दिईएको थियो । अर्थात जुन कम्पनीको पहिलो दुई डोज दिइएको थियो बूस्टर डोजका रुपमा त्यही खोप लगाउने । यस विषयमा थप अनुसन्धान भए पछि के भनिय‍ो भने सुरुमा जुन खोप लगाईएको थियो त्यसको साटो अर्को कम्पनीको खोप बूस्टर डोजका रुपमा लगाउँदा खोप थप प्रभावकारी हुन्छ र यसले कुनै हानि ( नोक्सानी पुर्याउँदैन ।

बुस्टर डोजले कति सुरक्षा दिन्छ ?

एक बूस्टर खुराक पछि जुन सुरक्षा पाइन्छ त्यसको दायरा निकै फराकिलो छ । अध्ययनहरूले देखाएका छन कि कोरोनाका दुई खुराक यसका ओमिक्रोन भेरियन्ट जस्ता कतिपय भेरियन्ट विरुद्ध कमजोर साबित भएका छन् । बुस्टर खुराक पछि कुनै पनि भेरियन्टको कोरोना विरुद्ध ७५ प्रतिशत सुरक्षा प्राप्त हुने बताईएको छ । बूस्टर खुराकले निश्चित रूपमा हाम्रो प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ ।

कोरोना भइसकेकाहरुले पनि बुस्टर डोज लगाउनुपर्छ ?

भाइरसबाट संक्रमित भएपछि शरीरले भाइरससँग लड्ने क्षमता विकास गर्छ । यदि कोही कोरोना भाइरसबाट संक्रमित भएको छ भने उसको शरीरले भाइरसविरुद्ध एन्टिबडीहरू विकास गर्दछ । बुस्टर डोज लिए लामो समयसम्म शरीरको प्रतिरक्षा प्रणाली बलियो रहन्छ, त्यसैले कोभिड संक्रमित भएको केही दिनपछि चिकित्सकको सल्लाह अनुसार बुस्टर डोज लिनुपर्ने स्वास्थ्य विज्ञहरुको सुझाव छ ।

प्रतिक्रिया