शुक्रबार, जेठ ४, २०८१

सुनचाँदीको मूल्य घट्यो

नेपालखोज २०७९ चैत २० गते १०:४९

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले घटेर १ लाख ८ हजार रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि ६ सय रुपैयाँले घटेको छ । तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार तेजाबी सुन प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको भाउ २० रुपैयाँ घटेको छ । चाँदी आज प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया