शनिबार, वैशाख २२, २०८१

अब अन्तरिक्षमा रोमान्स

नेपालखोज २०७९ चैत २० गते २०:०९

प्रेमका लागि प्रेमी वा प्रेमिकालाई भेट्न सात समुन्द्र पार गर्ने समय अहिले विगतको कुरा भइसकेको छ । अब अन्तरिक्षमा प्रेम – रोमान्सको अवसर पनि सम्भव छ । यो कुनै हाइ-फाई फिल्मको कथा होइन डिजिटल अनि हाई टेक जमानाको वास्तविकता हो ।

यदि तपाईँ पनि अन्तरिक्षमा आफ्नो पार्टनरसँग सम्बन्ध बनाउन चाहनुहुन्छ भने नासाको यो योजनाका बारेमा जान्नै पर्छ । नासाले अहिलेसम्म कुनै पनि मानिसले अन्तरिक्षमा सम्पर्क नगरेको दाबी गरेको छ । यद्यपि अब यो सम्भव हुनेछ । नासाले रोमान्सको नयाँ संसारको तयारी पूरा गरेको छ ।

नासाले यो परियोजनालाई ६८ माइल हाई क्लब नाम दिएको छ । यो क्लबमा सामेल भएर तपाईँ आफ्नो पार्टनरसँग अन्तरिक्षमा रोमान्स गर्न सक्षम हुनुहुनेछ । यसका लागि बुकिङ पनि सुरु भैसकेको छ । मिडिया रिपोर्टहरू अनुसार यो वर्षको अन्त्यसम्ममा नासाको सबै तयारी पूरा हुनेछ । चाँडै मानिसहरूले अन्तरिक्षमा रोमान्सका लागि सिट बुक गर्न सक्नेछन्।

नासाका अन्तरिक्ष यात्री जोस हर्नान्डेजले स्पेस रोमान्स प्रोजेक्टका बारेमा पूर्ण जानकारी दिएका छन् । उनले यो वर्ष व्यावसायिक उडानले ग्रिन सिग्नल पाए लगत्तै मायालु जोडीहरूले अन्तरिक्ष पर्यटक बनेर रोमान्सको नयाँ कीर्तिमान बनाउने बताए । अन्तरिक्षमा रोमान्स गर्नु गैर कानुनी नहुने उनको भनाइ छ । यसका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा यसको शुल्क हो ।

यो अन्तरिक्ष भ्रमणको लागतका सम्बन्धमा जोसले भनेका छन् – एक यात्रुका लागि ६ करोड जति भाडा लाग्नेछ । यसको अर्थ आफ्नो पार्टनर सहित स्पेसमा रोमान्स गरेको लागत १२ करोड रुपैयाँभन्दा बढी हुनेछ ।

प्रतिक्रिया