लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध आज सुनुवाइ

नेपालखोज २०७९ चैत २१ गते ६:३६

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमा आजलाई पेसी तोकिएको छ ।

आइतबार युवराज पौडेल (सफल)ले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध रिट पेस गरेका थिए । उक्त रिट सर्वोच्च प्रशासनले साेमबार दर्ता गरेको हो ।

अधिवक्ता युवराज पौडेल ‘सफल’ ले लामिछानेविरुद्ध आज दायर गरेको रिट निवेदनमा राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएको उल्लेख गर्दै उक्त निर्णय बदर गर्न माग गरिएको छ । उक्त विवादमा मङ्गलबार सुनुवाइ हुने तय भएको हाे

प्रतिक्रिया