आज महावीर जयन्ती

काठमाडाैं । आज चैत्र २१ गते अप्रिल ४ ) महावीर जयन्ती हो । महावीर जयन्ती जैन समुदायको विशेष पर्व हो । यो पर्व भगवान महावीर स्वामीको जन्मोत्सवका रूपमा विशेष कार्यक्रमहरु आयोजित गरि धुमधाम सँग मनाइन्छ । महावीर स्वामी जैन धर्मका २४ औं तथा अन्तिम तीर्थङ्कर हुन । महावीरकको जन्म ५९९ ईसापूर्व भएको मानिन्छ । उनका पिता राजा सिद्धार्थ तथा आमा रानी त्रिशला हुन भने उनको बाल्यकालको नाम वर्धमान थियो ।
जैन धर्मको मर्म ?
हिन्दू धर्म जस्तै जैन धर्मको पनि कुनै संस्थापक छैनन । जैन धर्म २४ तीर्थङ्करहरूको जीवन तथा शिक्षामा आधारित छ । तीर्थङ्कर ती आत्मा लाई मानिन्छ जो मानवीय पीडा र हिंसाले भरिएको यो सांसारिक जीवन पार गरी आध्यात्मिक मुक्तिको दायरामा पुगे । २४ औं तीर्थंकर महावीर जैन सबै जैनहरूका लागि विशेष महत्वका मानिन्छन् । यी २४ तपस्वीहरूमध्ये महावीर अन्तिम तीर्थङ्कर थिए । जैन धर्मका अरू तीर्थङ्करको ऐतिहासिकता अनिश्चित छ भने महावीर जैनको जन्म यही धर्तीमा भएको हो भनी निश्चित रूपमा भन्न सकिन्छ । अहिंसाका यी उपदेशक क्षेत्रि परिवारमा जन्मिएका हुन् । उनी गौतम बुद्धका समकालीन थिए । महावीर पनि गौतम बुद्ध जस्तै मगध क्षेत्रका बासिन्दा थिए ।
महावीरको शिक्षा ?
महावीरका बारेमा केहि बौद्ध ग्रन्थहरुमा समेत उल्लेख छ । यद्यपि आज हामीलाइ उनका बारेमा जे – जति जाजकारि छ त्यो दुई जैन ग्रन्थमा आधारित छ । प्रचारात्मक कल्पसूत्र – यो पुस्तक महावीरको शताब्दी पछि लेखिएको थियो। यसभन्दा अगाडि लेखिएका आचरङ्ग सूत्रहरू पनि छन् । यो पुस्तकमा महावीरलाई विचलित, नग्न तथा एक्लो भिक्षुका रूपमा प्रस्तुत गरिएको छ । भनिन्छ महावीरले ३० वर्षको उमेरमा यात्रा सुरु गरे र ४२ वर्षको उमेरसम्म यात्रा जारी राखे । गौतम बुद्धले जस्तै महावीरले पनि मध्यमार्गको उपदेश दिएनन् । महावीरले आफ्ना अनुयायीहरूलाई असत्य र यौनसम्बन्ध त्याग, लोभ र सांसारिक वस्तुको मोह त्याग्न, सबै प्रकारका हत्या हिंसा रोक्ने सन्देश दिए ।
महावीर कसरी सन्यासी भए ?
महावीरले ज्ञानको खोजीमा घर छोडेर भयानक पीडादायी यात्रा सुरु गरे । कल्पसूत्रमा अशोकको रुखमुनि भएको त्यो क्षणको वर्णन छ । त्यहाँ उनले आफ्ना गहना, माला र सुन्दर चीजहरू त्यागे । आकाशमा चन्द्रमा र ग्रह नक्षत्रको शुभ संयोग हुँदा उनले साढे दुई दिन निर्जल व्रत बसेर दिव्य वस्त्र धारण गरेका थिए । त्यतिबेला उनी एक्लै थिए । त्यस पछि उनले कपाल काटे अनि घर छोडेर सन्यासी भए । बौद्ध धर्मावलम्बीहरूले कपाल खौरन्छन् भने जैन अनुयायीहरूले मुट्ठीले कपाल काट्छन् ।
महावीर र जैन परम्पराको शिक्षा २० औं शताब्दीको राजनीतिमा पनि महत्त्वपूर्ण साबित भयो किनभने महात्मा गान्धीले इतिहासको सबैभन्दा शक्तिशाली साम्राज्य ब्रिटिश राजलाई पराजित गर्न अहिंसाको प्रयोग गरे । गान्धीमा जैन धर्म प्रति सम्मानको भावना थियो । महावीरको अहिंसाको दर्शनबाट लियो टोलस्टोय सहित धेरै ठुला बिद्दानहरू पनि प्रभावित थिए ।
महावीरको पवित्र शिक्षा भारतभर फैलियो। विशेष गरी पश्चिम भारतको गुजरात, राजस्थान र दक्षिण भारतमा धेरै मानिसले जैन धर्म अपनाए । कर्नाटकको श्रवण बेलागोलामा सबैभन्दा प्रसिद्ध जैन तीर्थ छ । कठोर जैन परम्परामा मासु र अण्डाको उपभोग पूर्णत निषेधित छ भने यसका नियम पनि केहि कठोर तथा फरक छन्

प्रतिक्रिया