‘ए’ डिभिजन लिग : आज दुई खेल

नेपालखोज २०७९ चैत २१ गते ७:३८

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको छैटौं चरण अन्तर्गत आज मंगलबार दुई खेल हुँदैछन्  । लिग अन्तर्गत मंगलबार एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।

च्यासल मैदानमा न्युरोड टिम एनआरटी र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी र चर्च ब्वाइजबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

एनआरटी आज पहिलो जितको खोजीमा हुनेछ । एनआरटी २ अंक जोडेर १३औं स्थानमा रहेको छ । चर्च ब्वाइज चौंथो जितको खोजीमा हुनेछ । चर्च ११ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यस्तै एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र रोयल ब्लु सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल र सातदोबाटोबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

जावलाखेल चौंथो जितको योजनामा हुनेछ । जावलाखेल ५ खेलमा १० अंक जोडेर चौंथो स्थानमा रहेको छ । सातदोबाटो पाँचौं जितको खोजीमा हुनेछ । सातदोबाटो १२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया