त्रिभुवन विमानस्थलमा ट्याक्सी चालकको हड्ताल
नेपालखोज
२०७९ चैत २१ गते ११:०१

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पार्किङ भाडा महँगो भएको भन्दै ट्याक्सी चालकहरुले विमानस्थल क्षेत्रमा सेवा बन्द गरेका छन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको नेतृत्वमा ट्याक्सी चालकहरुले आज त्रिभुवन विमानस्थलबाट सेवा बन्द गरेका हुन् ।
त्रिभुवन विमानस्थल क्षेत्रमा पहिले पार्किङ शुल्कबापत प्रतिघण्टा २० रुपैयाँ लिंदै आएकोमा अहिले ८० रुपैयाँ पुर्याइएको र १०० रुपैयाँ पुर्याउने धम्की दिइएको भन्दै ट्याक्सी चालकहरु लामो समयदेखि विरोधमा छन् । उनीहरुले यसअघि मंसिर १३ गते पनि विमानस्थलको गेट अगाडि बसेर विरोध प्रदर्शन गरेका थिए ।
सम्बन्धित

प्रतिक्रिया