नासाले सार्वजनिक गर्याे चन्द्रमामा जाने पहिलो महिला र अश्वेत पुरुषका बारेमा जानकारी

नेपालखोज २०७९ चैत २१ गते १२:३५

अमेरिका । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा जाने पहिलो महिला र अश्वेत पुरुषका बारेमा जानकारी सार्वजनिक गरेको छ । क्रिस्टिना कोच चन्द्रमा मिसनमा जाने पहिलो महिला अन्तरिक्ष यात्री हुनेछिन् भने भिक्टर ग्लोभर पहिलो अश्वेत नागरिक हुनेछन् । मानिसले पहिलो पटक चन्द्रमामा पाइला राखेको ५० वर्षपछि नासाले चार अन्तरिक्ष यात्रीसहित फेरि एकपटक मिसन चन्द्रमा अभियान सुरु गरेको छ ।

यसअघि चन्द्रमामा जाने सबै अन्तरिक्ष यात्री गोरो रंगका थिए । दुई अन्य अन्तरिक्ष यात्री रीड विजम्यान र जेरेमी ह्यान्सनले अर्को वर्षको अन्त्यमा वा २०२५ को सुरुमा चन्द्रमाको परिक्रमा गर्नेछन् । यी अन्तरिक्ष यात्रीले चन्द्रमामा अवतरण गर्ने छैनन् तर यस मिसनले पछि चन्द्रमामा जाने अन्तरिक्ष यात्रीहरूलाई मद्दत गर्नेछ।

चन्द्रमामा जाने चार अन्तरिक्ष यात्रीमध्ये तीन जना अमेरिकी तथा एक जना क्यानाडाका नागरिक हुन् । चन्द्रमामा जान लागेकि पहिलो महिला अन्तरिक्ष यात्री ४४ वर्षीया क्रिस्टिना कोच विद्युतीय इन्जिनियर हुन् । उनी यश अघि ३ सय २८ दिनसम्म अन्तरिक्षमा बसिसकेकी छिन् र उनको नाममा अन्तरिक्षमा सबैभन्दा लामो समयसम्म बस्ने महिलाको कीर्तिमान पनि छ । उनले अक्टोबर २०१९ मा अर्कि अन्तरिक्ष यात्री जेसिका मीरसँग मिलेर पहिलो अल फिमेल स्पेसवाक पूरा गरेकि थिईन् । ४७ वर्षीय जेरेमी ह्यान्सन क्यानडाका नागरिक हुन् ।

प्रतिक्रिया