बिहीबार, वैशाख २७, २०८१

आज ज्याकी च्याङको जन्मदिन, केही रोचक कुरा

नेपालखोज २०७९ चैत २४ गते १५:५२

फिल्ममा कुंम्फु र मार्शल आर्टलाई लोकप्रिय बनाउने नायक ज्याकी च्याङलाई संसारभरका मानिसले चिन्छन । फिल्ममा असाधारण देखिने ज्याकीको वास्तविक जीवन पनि निकै रोचक र फिल्मी छ । आज ज्याकीको ६७ औं जन्मदिन हो । हेरौं ज्याकी बाल्यकालदेखि नै असाधारण साबित भएका केही रोचक कुरा :

ज्याकीका बुबा सेक्रेट एजेन्ट थिए गिरफ्तारीको डरले आफ्नो थर परिवर्तन ।

ज्याकी च्याङको जन्म ७ अप्रिल १९५४ मा बेलायती हङकङमा भएको थियो । उनको वास्तविक नाम च्याङ कङ साङ थियो। उनका बुबा चार्ल्स फाङ १९३७ मा चिनियाँ लेफ्टिनेन्टको गोप्य एजेन्ट थिए । कम्युनिष्ट सरकारबाट बच्न उनी परिवारसहित हङकङ आएका थिए । यहाँ उनले आफु र आफ्नो परिवारका सदस्यहरुको उपनाम फेङबाट च्याङमा परिवर्तन गरे।

बुबा ज्याकीलाई केही डलरमा बेच्न चाहन्थे

ज्याकी च्याङको जन्म हुँदा उनको परिवारको आर्थिक अवस्था निकै नाजुक थियो । जब बुबासँग अस्पतालको बिल तिर्न पनि पैसा थिएन, उनले ज्याकीलाई एक धनी ब्रिटिश डाक्टर जोडीलाई बेच्ने निर्णय गरे । बुबा ज्याकीलाई बेच्न लागेका के थिए त्यति नै बेला उनलाई एक साथीको सहयोग प्राप्त भयो । ज्याकीले यो खुलासा जोनाथन रस च्याट शोमा गरेका हुन ।

ज्याकी १२ महिनामा होइन ९ महिना आमाको गर्भमा बसे

ज्याकीले च्याट शोमा भनेका छन्, ‘ उनको ९औं महिनामा होइन १२औँ महिनामा जन्म भएको थियो । यद्यपि धेरै डाक्टरले उनको दाबी अस्वीकार गरेका छन् । चिकित्साशास्त्रमा यो सम्भव नभएको चिकित्सकहरू बताउँछन् ।

आमा अफिम तस्करीको आरोपमा जेल

ज्याकी च्यानकी आमा ली-ली च्याङको नाम सांघाई अन्डरवर्ल्डसँग जोडिएको छ । उनी एकपटक अफिम तस्करीमा पक्राउ समेत परेकि थिईन ।

पहिलो वर्ष नै फेल भयो

ज्याकीका बुबा हङकङमा जीविकोपार्जन गर्न कुक बने । त्यहाँ उनले ज्याकीलाई प्राथमिक विद्यालयमा भर्ना गराए, तर उनी पहिलो वर्षमै फेल भए । यसबाट रिसाएका बुबाले उनलाई स्कूलबाट निकाले । जब उनको बुबाले अष्ट्रेलियाको अमेरिकी दूतावासमा हेड शेफका रूपमा जागिर पाए तब उनले ज्याकीलाई बोर्डिङ स्कूल तथा चाइना ड्रामा एकेडेमीमा भर्ना गरे । ज्याकी अर्को १० वर्षसम्म त्यहि विद्यालयमा रहे । त्यहाँ उनलाई मार्शल आर्ट तथा एक्रोबेटिक्सको तालिम दिइएको थियो। स्कुल छँदा उनले धेरै नाटक तथा प्लेहरूमा भाग लिने मौका पाए ।

निर्माण मजदुरका रुपमा

सन् १९७१ मा ज्याकी च्यानका पिताले उनलाई अष्ट्रेलिया बोलाए । अष्ट्रेलियामा ज्याकिले पढाइसँगै निर्माण मजदुरको काम पनि गरे । त्यहाँ एक बिल्डरले ज्याकीलाई साथमा लिए । निर्माणकर्ताको नाम ज्याकी थियो, त्यसैले उनको नाम चान कङ साङ्गबाट ​​लिटिल ज्याकमा परिवर्तन भयो ।

५ वर्षको उमेरमा फिल्ममा आएका थिए

ज्याकी च्याङले ५ वर्षको उमेरदेखि नै चलचित्रमा साना – तिना भूमिका निर्वाह गर्दै आएका छन् । ८ वर्षको उमेरमा ज्याकी बिग एण्ड लिटिल वोङको टिन बार (१९६२) मा देखा परे । यसबाहेक उनले यस्ता धेरै फिल्ममा एक्स्ट्राको काम पाए । उनी १९७२ को फिल्म फिस्ट अफ फ्युरीमा ब्रुस लीको बडी डबल बने । १९७८ मा ज्याकीलाई स्नेक इन द ईगल …मा ब्रुस लीको विपरित कास्ट गरिएको थियो। निर्देशक येन वू पिङले उनलाई यो चलचित्रमा स्टन्टमा रचनात्मकता देखाउन पूर्ण स्वतन्त्रता दिए । ज्याकीले फिल्मबाट पहिचान पाए र यो उनको पहिलो सुपरहिट फिल्म साबित भयो । त्यस पछि लगातार रश आवर, हू आई एम, ड्रंकन मास्टर, हार्ट अफ ड्र्यागन, द कराटे किड, द फोरबिडन नाइट जस्ता फिल्म दिएर उनी कुङफुको राजा बने ।

गरिबीमा नग्न दृश्य दिनुपर्यो

ज्याकी च्याङलाई १९७५ मा एडल्ट फिल्म अल इन द फेमेलीमा कास्ट गरिएको थियो । ज्याकी त्यतिबेला निकै कठिन अवस्थामा थिए र उनलाई पैसाको आवश्यकता थियो। यस्तो अवस्थामा उनले फिल्ममा पूर्ण नग्न दृश्य दिएका थिए तर, यो फिल्ममा काम गरेकोमा उनलाई कुनै पछुतो छैन ।

अपव्ययका लागि प्रसिद्ध, एक हप्तामै किने सबै विलासी वस्तु

ज्याकी च्याङको बाल्यकाल चरम गरिबीमा बित्यो । आफूले चाहेको जुनसुकै कुरा किन्न सक्ने मानिसहरू देखेर उनि छक्क पर्थे । यही सोचका साथ ज्याकीले फिल्मबाट पैसा कमाएपछि एक हप्ताभित्रै विलासी जीवन जिउन आवश्यक पर्ने सबै सामान किनिदिए । उनले यो तब गरे जब उनि सँग १० लाख डलर जम्मा भएको थियो। ज्याकीले आफ्नो आत्मकथामा लेखेका छन्– म त्यस्तो अशिक्षित युवक थिएँ जो सँग १० मिलियन डलर थियो । म दिनरात पिउँथें , महँगो गाडीमा घुम्थें र जे मन लाग्यो किन्थेँ ।

आफ्नो छोरामा सम्पत्ति बर्बाद गर्न चाहँदैनन्

ज्याकी च्याङ संसारका सबैभन्दा धनी अभिनेता मध्ये एक हुन् तर उनी आफ्नो सम्पत्ति आफ्नो छोरालाई हस्तान्तरण गर्न चाहँदैनन्। उनले एक अन्तर्वार्तामा भनेका थिए– ‘मैले यो सम्पत्ति मेहनत गरेर कमाएको हुँ । म यो सम्पत्ति छोरालाई दिएर बर्बाद गर्न चाहन्न । ज्याकीले आफ्नो अवसान पछि आफ्नो सम्पूर्ण सम्पत्ति दान गर्ने घोषणा गरेका छन ।

घडीमा विशेष लगाव

ज्याकी च्याङलाई घडी निकै मन पर्छ । एक दिन ज्याकी अल्बर्ट यङस वाच ईम्पोरियममा गए र त्यहाँको सबैभन्दा महँगो घडी देखाउन आग्रह गरे । उनलाई ती घडी निकै मन परे त्यसैले ज्याकीले हप्ताको सातै दिन फरक-फरक घडी लगाउन ७ वटा घडी किने । त्यतिबेला त्यो घडिको बिल ५ लाख डलर थियो । ज्याकीले ती घडी प्याक पनि गराएनन् र दुबै हातमा सातवटै घडि लगाएर शोरूमबाट बाहिरिए ।

आफ्नो स्टन्ड टिमका लागि ४१ लाखको घडी

ज्याकीले आत्मकथा नेवर ग्रो अपमा लेखेका छन्, एक दिन म ५० हजार डलर (४१ लाख रुपैयाँ) नगद लिएर आफ्नो स्टन्ट टिमसँग अल्बर्ट यङस वाच ईम्पोरियम गएँ । त्यहाँ ज्याकीले सेल्सम्यानलाई १० वटा सबैभन्दा महँगा घडी देखाउन भने । जब घडी देखाइयो ज्याकीले सोधे, यो सबैभन्दा महँगो हो ? यसमा सबैभन्दा धेरै हिरा छ ? जब जवाफ हो भन्ने आयो ज्याकीले ती सबै घडी किने र स्टन्ट टिमलाई वितरण गरे ।

स्टन्ट गर्दा ४० वटा हड्डी भाँचिए

प्रदर्शन गर्न बडी डबल प्रयोग गर्दैनन् । चाहे त्यो भवनबाट हाम फाल्ने होस् वा खतरनाक कार्य गर्ने होस् सबै काम आफैं गर्छन् । यसो गर्दा उनको शरिरका ४० वटा हड्डी भाँचिएका छन । ज्याकको नाक तीन पटक भाँचिएको छ । उनको खुट्टा, गालाको हड्डी, खोपडी तथा औंलाको हड्डी पनि पटकपटक भाँचिएको थियो ।

स्टन्ट गर्ने क्रममा मस्तिष्कमा हड्डीको टुक्रा

सन् १९८९ मा ज्याकीको जीवनको सबैभन्दा ठूलो दुर्घटना हङकङको फिल्म आर्मर अफ गडको सुटिङका ​​क्रममा भएको थियो । ज्याकीले एक दृश्यका लागि रूखको हाँगाबाट हाम फाल्नु थियो। शट तयार भएपछि उनी सजिलै रुखको हाँगामा उभिए तर उनी यो शटबाट सन्तुष्ट भएनन् त्यसैले उनले फेरि शट दिने भए । अर्को पटक ज्याकी हाम्फाल्न रुख त चढे तर त्यसको हाँगा भाँचियो र उनि सिधै चट्टानमा बजारिए । उनि टाउकाको बलमा खसेकाले ढुङ्गाले टाउकोमा गहिरो चोट लाग्यो ।

कानबाट रगत बगेपछि आत्तिएको अवस्थामा उनलाई तत्काल अस्पताल लगियो । ज्याकीको खोपडी भाँचिएको थियो र भाँचिएको हड्डीको टुक्रा उनको दिमागमा पसेको थियो। शल्यक्रिया पछि एक कानमा सुन्न कम ज्यान जोखिममा रहेकाले सोही सानो अस्पतालमा मस्तिष्कको शल्यक्रिया गरेर मस्तिष्कबाट त्यो टुक्रा निकालियो । शल्यक्रिया गरेको ७ दिनपछि उनि निको भएर फिल्मको सुटिङमा पुगे । तर, यो दुर्घटनापछि उनले एउटा कान सुन्न छोडेका छन् ।

होटल उडाउने धम्की

आफ्नो आत्मकथा नेवर ग्रो अप ( Never Grow Up ) मा ज्याकी च्यानले आफ्ना केही पागल महिला फ्यानका कुरा पनि गरेका छन् । उनका अनुसार फिलिपिन्सकी एक केटीले हङकङको टिकट काटिन किनभने ज्याकी त्यहाँ थिए। ज्याकी अमेरिका गएको थाहा पाउने बित्तिकै ती युवतीले अमेरिकाको टिकट किनिन् र उनलाई पछ्याइन् । जब ज्याकीको टोलीलाई यो कुरा थाहा भयो, खतरा देखेर उनीहरूले ती महिलालाई ज्याकीबाट टाढा राख्न थाले । त्यतिबेला ज्याकीले लस भेगासमा कन्सर्ट दिएका थिए । युवतीले उनि बसेको होटलमा फोन गर्न थालिन् ।

होटलबाट जवाफ नआएपछि युवतीले ज्याकीसँग परिचय नगराए पूरै होटल ध्वस्त पारिदिने धम्की दिइन् । ती युवतीको कुरा सुनेर ज्याकीको टिम र होटल प्रशासनले तुरुन्तै प्रहरीलाई फोन गरेर जानकारी गराएका थिए । बम स्क्वाड बोलाइयो र सम्पूर्ण होटल खाली गरियो। कुकुर र बम स्क्वाडले पूरै होटलमा खोजी अभियान चलायो । उच्च सतर्कता पछि ज्याकीको कन्सर्ट रद्द भयो । त्यसपछि पनि ती युवती ज्याकीको हरेक कन्सर्टमा पुग्न थालिन् । कयौंपटक यस्तो पनि भयो कि उनले रातभर ज्याकीलाई होटलको लबीमा कुरिन् । एक पटक जसै ज्याकी होटलबाट निस्किए उनि उनको कारको पछि – पछि दौडदै अगाडि पुगेर लम्पसार परिन् ।

ज्याकीले त्यो कुनै फिल्मी दृश्यभन्दा कम नभएको बताउँछन । ज्याकी पनि ती युवती सँग भेट्न चाहन्थे, तर खतराको डरले उनकै टिमले उनलाई रोक्यो । महिला फ्यानलाई पटक पटक थप्पड एक कार्यक्रमका क्रममा ज्याकी च्यान फ्यानसँग एक–एक गरी तस्विर खिचाईरहेका थिए । त्यही क्रममा एक महिला फ्यान उनको छेउमा आएर उनलाई थप्पड हिर्काइन । ज्याकी छक्क परे तर उनी माथि कुनै कारबाही गरिएन । दोस्रो घटनामा पनि ती युवतीले त्यसै गरिन् । करिब ३–४ पटक थप्पड हानेपछि उनले आफ्नो टिमलाई नजिक आउन नदिन सचेत गराए ।

उनको नाममा विश्व रेकर्ड

अभिनेता हुनुका अलावा ज्याकी च्यान निर्देशन, निर्माण सहित अन्य काममा पनि रुचि राख्छन्। उनले २०१२ को चलचित्र चाइनिज जोडियाकमा सबैभन्दा धेरै क्रेडिटका लागि विश्व कीर्तिमान राखेका थिए। ज्याकीले फिल्ममा विभिन्न १५ वटा काम गरेका छन् । जसमा अभिनेता, निर्देशक, निर्माता, फाइट कोरियोग्राफर, कम्पोजर, कला निर्देशक, युनिट प्रोडक्शन म्यानेजर, गाफर, थिम ट्युन वोकालिस्ट, लेखक, सिनेमेटोग्राफर, स्टन्टम्यान, प्रोप वर्ल र खानपान संयोजक समावेश छन्। एउटै फिल्ममा एकजनाले यति धेरै क्रेडिट लिनु अझै पनि कीर्तिमान हो ।

आमाको अपमान गर्ने निर्देशक बिरुद्ध छुरा प्रहार गर्न दौडिए

चिनियाँ टक शो शिडियन टकमा ज्याकीले एक पटक उनी निर्देशकलाई मार्न दौडिएको किस्सा बताएका थिए । फिल्मको सुटिङका ​​क्रममा ज्याकीलाई निर्देशकले गाली गरेका थिए । गाली गर्दै निर्देशकले ज्याकीकी आमालाई पनि त्यसमा मुछे । त्यस पछि ज्याकी यति रिसाए कि उनी चक्कु लिएर निर्देशकलाई मार्न दौडिए । यद्यपि घटनास्थलमा उपस्थित व्यक्तिहरुले उनलाई रोके । ज्याकीले भनेका थिए, उनले जे भने पनि मलाई कुनै आपत्ति छैन तर म परिवारका सदस्यहरुको बेइज्जत सहन सक्दिन ।

गर्भवती प्रेमिकासँग जबरजस्ती विवाह

ज्याकी च्याङले १९८२ मा ताइवानी अभिनेत्री जोन लिनसँग विवाह गरेका थिए । ज्याकी जोनसँग विवाह गर्न चाहँदैनन्, तर जब उनी गर्भवती भइन्, परिवारका सदस्यहरूले उनीहरू दुवैको जबरजस्ती विवाह गराएदिए । १९८२० मा जोनले ज्याकीको छोरा जेसीलाई जन्म दिईन जो एक गायीकन हुन् ।

विवाह बाहिर सम्बन्ध र अवैध छोरी

एक पटक ज्याकी च्याङ मिस एशिया – १९९० इलेन यी लीसँग एक्स्ट्रा म्यारिटल अफेयरमा थिए। उक्त अफेयरबाट ज्याकीकि छोरी एटा छिन् जसको जन्म सन् १९९९ मा भएको थियो । यो अफेयरको खबर बाहिर आएसँगै ज्याकी बदनाम भए । ज्याकीले आफ्नो आत्मकथामा लेखेका छन् – यो मेरो जीवनको ठूलो गल्ती थियो । मिडियाले यसलाई स्क्यान्डलका रूपमा उडाउने बित्तिकै म मेरी श्रीमती जोन लीसँग कुरा गर्न चाहन्थे, तर मलाई के भन्ने थाहा थिएन । म कसरी माफी माग्न सक्छु ? तर जब मैले जोनलाई कल गर्ने साहस जुटाएँ, म आफैं छक्क परें । उनि शान्त भएर तिमीले म सँग माफी माग्नुपर्ने आवश्यकता छैन भनी भनिरहेकी थिईन । उनको भनाइ तपाईंले त्यो केटीलाई पनि चोट पुर्याउनु आवश्यक छैन, हामीले त्यो केटी माथि चोट पुर्याउनु हुँदैन भन्ने थियो । दुई दिन पछि ज्याकी घर आए र आफ्नो छोरा अनि श्रीमती सँग माफी मागे।

ज्याकीकी छोरी बेघर छिन् ।

ज्याकी च्याङ्की छोरी एटालाई उनकी आमाले हुर्काएकी छिन् । ज्याकीसँग उनको सम्बन्ध गम्भीर थिएन। एटा र उनकी आमाको पनि एकअर्कासँग विवाद छ । वर्षौं अघि जब अलयनीले एटा माथि आक्रमण गरिन र उनी पक्राउ परिन । यता २ महिनाको उपचार पछि एटाले आमाको घर छोडिन । त्यसयता एटा बिना जागिर एक्लै बस्दै आएकी छिन् । एटा लेस्बियन हुन् र आफ्नी प्रेमिकासँग बस्छिन्। एटा गरिबीमा एउटा पुलमुनि जीवन गुजारिरहेकि छिन् ।

ज्याकीका घरमा गोप्य कोठा

ज्याकी च्यान सधैं आफ्नो व्यक्तिगत जीवन र विवादहरू बारे खुला छन् । तर, आफ्ना कतिपय घर र तिनका कोठालाई उनीहरू लुकाएर राख्न रुचाउँछन् । क्यानन ओ’ब्रायनको च्याट शोमा ज्याकी च्याङका विश्वभर धेरै गोप्य बंगलाहरू रहेको बताइएको थियो। ती बंगलामा ज्याकीले गोप्य मार्गहरू र कोठाहरू बनाएका छन् जहाँ जाने बाटो उनि बाहेक अरू कसैलाई थाहा छैन। उनले आफ्नो धेरै घरमा यो काम गरेका छन्।

ज्याकीको स्वामित्वमा

फिल्मका अतिरिक्त ज्याकी च्याङले अन्य व्यवसायबाट पनि मनग्य आम्दानी गर्छन् । हङकङमा उनका थुप्रै प्रोडक्सन हाउसहरू छन् । उनी चीनको सबैभन्दा ठूलो सिनेमा हलका मालिक पनि हुन् । उक्त हलमा १७ स्क्रिन र ३५०० सिट छन्। यस बाहेक ज्याकीसँग कपडाको ब्रान्ड र क्याफे चेन छ। ति क्याफेका आउटलेट सिंगापुर, बेइजिङ र फिलिपिन्समा पनि छन्। ज्याकीले क्लब जिम, कुकीज तथा केक व्यवसायमा पनि लगानी गरेका छन् । ज्याकीका यी सबै व्यवसायको नाफा परोपकारमा खर्च हुन्छ ।

लागुऔषध विरोधीको सदभावना दूत

ज्याकी च्याङु सन् २००९ देखि चीनको लागुऔषध विरोधी सदभावना दूतका हुन् जबकि उनका छोरा सन् २०१४ मा लागुऔषधसहित पक्राउ परेका थिए । उनले ९ वर्षको उमेरदेखि लागूऔषध सेवन गरिरहेको बताईन्छ । छोराको गिरफ्तारीपछि ज्याकीले सार्वजनिक रूपमा माफी मागेका छन् ।

प्रतिक्रिया