शुक्रबार, जेठ ४, २०८१

नयाँ वर्ष २०८० को अवसरमा होटेल भ्यू भृकुटीकाे विशेष प्याकेज

नेपालखोज २०७९ चैत २६ गते २१:१७

ललितपुर । नेपाली नयाँ वर्ष २०८० को अवसरमा ललितपुरको गोदावरीस्थित होटेल भ्यू भृकुटीले विशेष प्याकेज ल्याएको छ । ‘न्यू इयर, न्यू हाइट, न्यू मेमोरिज विथ होटेल भ्यू भृकुटी’ भन्ने नाराका साथ होटलले लाइभ म्युजिकका साथमा निःशुल्क फुल्चोकी ट्रिपसम्मको अफर सार्वजनिक गरेको छ । होटेलले ल्याएको अफर अन्तरगत लाइभ म्युजिकका साथमा फ्रि वेलकम ड्रिङ्क्स, लाइभ स्टेशन स्न्याक्स, लक्जरियस अकोमोडेशन, बफेट ब्रेकफाष्ट र निःशुल्क फुल्चोकी ट्रिपसम्मको अफर रहेको छ ।

नयाँ वर्षका लागि विशेष सांगितिक कार्यक्रमका साथै आउने पाहुनाहरूका लागि होटलको सम्पूर्ण सुविधा विशेष तरिकाले व्यवस्थापन गरिएको होटेलले जनाइएको छ । नयाँ वर्षको अवसरमा होटलमा लाइभ ब्याण्ड प्राकृतिक वातावरणमा रमाउनको लागि १३ हजार हजार रुपियाँमा पर कपल, स्नयाक्स, डिनर, बस्नको लागि रूम र भोलिपल्टको ब्रेकफस्ट व्यवस्था गरिको होटलका प्रबन्ध निर्देशक समिर लामाले बताए ।

सातदोवाटो चक्रपथबाट सात किलोमिटरको दुरीमा रहेको यो होटलमा ७० वटा कोठाहरु, साउना, स्ट्रिम, स्वमिङ पुल तथा मनोरन्जनको व्यवस्था मिलाइएको छ । यसका साथै होटलमा रोयल वोटानीकल गार्डेन नजिकै अवस्थित रहेकोले थप आकर्षक बनाएको कार्यकारी निर्देशक सागर भुसालले बताए ।

होटलले नेपाली संस्कार र परम्परा अनुसार सेवा सुविधाहरु प्रदान गर्दै आएको छ । होटलले आफ्ना पाहुनाहरुलाई वोटानिकल गार्डेन लगेर विभिन्न जातका चराचुरुङ्गी र पुतलीहरुलाई नियाल्ने अवसर प्रदान गर्छ । यसका साथै होटलबाट तीन किलोमिटरको दुरिमा रहेको शान्ति जंगलमा सफारी गर्ने अवसर पनि प्रदान गर्छ । त्यस्तै फुलचोकी डाँडा पनि होटेलबाट नजिकै भएकाले होटलमा आएका पाहुनालाई त्यहाँ पैदल यात्रा (हाइकिङ), वाईकिङ, प्याराग्लाइडिङको पनि सुविधा प्रदान गर्ने वरिष्ठ कार्यकारी सेफ रेशमकुमार लामा बताए ।

त्यसैगरी होटलमा साउना, ज्याकुजी, जीम, सुइमिङ पुलको सेवा पनि रहेको छ । होटेलमा आउने पाहुनाहरुले निःशुल्क पौडीको आनन्द लिन पाउँछन् भने साउना, ज्याकुजी र जीमका लागि थप शुल्क तिर्नुपर्छ । होटेलमा चौविसै घण्टा सबै प्रकारका खानाहरु उपलब्ध हुन्छ । आइरन टेरेस्ट रेस्टुरेन्ट होटलको रुफ टपमा अवस्थित छ, जहाँबाट पाटन र काठ्माडौं उपत्यकाको हरियो डाँडा हिमालहरुको अवलोकन गर्दै मिठो खानाको परिकारमा रम्न सकिन्छ । यो रेस्टुरेन्ट बिहान ७ वजेदेखि बेलुका १० बजेसम्म खुल्दछ ।

रेड ड्रप र छुपा रेस्टुरेन्टमा ब्रेकफास्ट, लञ्च र डिनरको राम्रो व्यवस्था रहेको छ । बिहान ६ वजेदेखि बेलुका ९ बजेसम्म यी रेस्टुरेण्ट खुल्ला हुन्छ । छुपा रेस्टुरेन्टमा १५० जना अट्ने क्षमता रहेको छ भने रेड ड्रपमा १०० जना अट्ने क्षमता छ । त्यसैगरी ब्ल्याक र ह्वाईट वारहरुमा बहुराष्ट्रिय ब्राण्डका पेय पदार्थहरु ककटेल र मकटेलका साथमा स्न्याक्सका साथ खाने व्यवस्था रहेको होटलका वरिष्ठ कार्यकारी सेफ रेशमकुमार लामाले बताए ।

प्रतिक्रिया