सोमबार, वैशाख १५, २०८२

वृष राशिका लागि वर्ष – २०८०

नेपालखोज २०७९ चैत ३० गते १०:००

वृष राशि भएका व्यक्तिहरूका लागि वर्ष – २०८० मध्यम फलदायी रहनेछ । बृहस्पति र शनिको प्रभावले वर्ष भरिनै बाधा अडचन सृजना गर्नेछ जसले गर्दा भने जस्तो फल प्राप्त गर्न कठिनाई हुनेछ । भौतिक सुखमा भने बृद्धि हुनेछ । वर्षको उत्तरार्ध फलदायक छ । बृहस्पति र शनिको ग्रह शान्ति गरे शुभ फल मिल्नसक्छ । यदि जन्म कुण्डलीमा बृहस्पति र शनि उच्च , स्वगृह तथा मित्रगृहहरूमा छन राम्रो सफलता हात पर्नेछ ।

व्यापार – व्यवसाय : व्यवसायिक दृष्टिले वर्ष सामान्य नै रहनेछ । यो वर्ष नयाँ ठाउँमा लगानी नगर्नु होला । वैदेशिक व्यवसायबाट बढी लाभ लिन सकिनेछ । शेयर बजारमा गरिएको लगानी त्यति फलदायक साबित हुनेछैन । धातु तथा मेसिनरी वस्तुमा गरिएको लगानी पनि कमजोर होला । नगद सापटी लिनेहरू टाढिन सक्छन् । व्यवसायीक दृष्टिले श्रावण, कार्तिक माघ तथा चैत्र पुष महिना अनुकुल छन ।

प्रेम जीवन : यो वर्ष दाम्पत्य जीवन वा प्रेमी – प्रेमिकाको सम्बन्धमा सामान्य उतारचढाव देखा पर्नसक्छ । प्रेमी जोडीको सम्बन्धलाई विवाहमा परिणत गर्न पनि गाह्रो होला । जन्मकुण्डलीमा सप्तम भाव बलियो भएका व्यक्तिहरूले भने कुनै पनि सम्बन्धमा नकारात्मक परिस्थितिको सामना गर्नुपर्ने छैन ।

शिक्षा : यो वर्ष शैक्षिक क्षेत्रबाट त्यति राम्रो प्रतिफल लिन सकिने देखिदैन । मनको चञ्चलता बढ्ने भएकाले अध्ययनमा ध्यान दिन सकिने छैन् । सोध , गणित तथा व्यवस्थापन विषयका विद्यार्थीहरूले बढी लाभ लिनसक्छन् । इन्जिनियरिङ् र स्वास्थ्य विषयका विद्यार्थीहरूले भने थप मेहनत गर्नुपर्ला । भाद्र र पुष महिनामा शैक्षिक बाधा फुक्नेछ ।

करियर : पेशा वा रोजगारिमा दबाब तथा तनाव बढेको महसुस हुनेछ भने अबजस आइलाग्न सक्छ । सामाजिक तथा राजनैतिक क्षेत्रमा समर्थन जुटाउन गारो छ । कल कारखाना तथा व्यापार – व्यवसायमा पनि खासै राम्रो परिणाम हात लाग्ने देखिदैन । लेखपढको काम एवं वैदेशिक रोजगारिमा लागेकाहरुले भने लाभ लिनेछन् ।

स्वास्थ्य : यो वर्षमा स्वास्थ्यमा केहि धन खर्च हुनसक्छ । रक्त सञ्चारको समस्या बढ्न सक्छ अतः नियमित व्यायाम गरेर शरीरलाई सन्तुलनमा राख्ने प्रयास गर्नुहोला । आफूलाई वा घर परिवारको स्वास्थ्यको ख्याल राख्नुपर्ने समय छ । आहार – विहार प्रति सजगता अपनाउनु होला ।

शुभ रङ्ग तथा अङ्क : वृष राशि भएका व्यक्तिहरूका लागि सेतो, गुलाबी, निलो तथा पहेँलो रङ्ग शुभ रङ्ग मानिन्छ भने शुभ अङ्क २, ४, ६ तथा ७ मानिन्छ ।

सुझाव : प्रत्येक शनिवार देबि दुर्गाको दर्शन, पूजा एवं उपासना गर्नाले ग्रह पीडा कम भै शुभ फल मिल्नेछ । बिहीवार पहेँलो पहिरन प्रयोगमा ल्याउनु होला । सकिन्छ भने बृहस्पति, शनि र केतुको ग्रह शान्ति गराउनु उपयुक्त हुनेछ ।

आफ्नो जन्म दिनमा अशक्तहरुलाई साथ, सहयोग सहित भोजन गराए ग्रह पीडा कम हुने मात्र होइन अधिक शुभ फल प्राप्त गर्न सकिएला । प्रत्येक दिन आफ्नो इष्ट देवतालाई स्मरण गरि कार्य प्रारम्भ गर्नु होला ।

प्रतिक्रिया