शुक्रबार, जेठ ४, २०८१

नेप्सेको उच्च बृद्धिमा लाग्यो ब्रेक

नेपालखोज २०७९ चैत ३० गते १५:२६

काठमाडौं । नेप्सेको उच्च बृद्धिमा ब्रेक लागेको छ । अघिल्लो दिन ९२ दशमलव २२ अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार भने २९ दशमलव आठ अंकले घटेर १९ सय ३४ दशमलव ४७ अंकमा झरेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ७२ अंकले घटेर तीन सय ६७ दशमलव ९८ अंकमा झरेको छ । नेप्सेमा आज दुई सय ७० वटा कम्पनीहरुको ४४ हजार सात सय आठ पटकको कारोबारमा ४९ लाख १३ हजार सात सय दुई कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब ६५ करोड ३३ लाख ३४ हजार छ सय ६५ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा १३ वटै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १९ दशमलव ९० अंकले घटेर १२ सय ५४ दशमलव ८४ अंकमा झरेको छ भने बिकास बैंक समुहको सुचक ९० दशमलव ४८ अंकले घटेर तीन हजार पाँच सय ५६ दशमलव ३२ अंकमा झरेको छ । जलबिद्युत समुहको सुचक पनि ४६ दशमलव ८४ अंकले घटेर २५ सय २५ दशमलव ३६ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि ९३ दशमलव ६१ अंकले घटेर नौं हजार छ सय ४३ दशमलव १८ अंकमा झरेको छ ।

निर्जिवन बीमा समुहको सुचक पनि एक सय २६ दशमलव ५७ अंकले घटेर आठ हजार छ सय एक दशमलव ९० अंकमा झरेकोमा फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज आर्दश लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर एक हजार तीन सय ७० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा सिद्धार्थ लगानी बृद्धि योजना २ को प्रतियुनिट सेयर मुल्य पाँच दशमलव ५० प्रतिशतले घटेर आठ रुपैंयाँ आठ पैसा अन्तिम मुल्यमा प्रतियुनिट सेयर कारोबार भएको छ । यसैगरी आज शिवम सिमेन्टको प्रतिकित्ता चार सय पाँच रुपैयाँ अन्तिम मुल्यमा आठ करोड ४२ लाख ८६ हजार ५४ रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया