शनिबार, असार २१, २०८२

चर्च ब्वाइज बराबरीमा रोकियो

नेपालखोज २०७९ चैत ३० गते २१:३४

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेड बराबरीमा रोकिएको छ ।

चर्च ब्वाइजले सुरुवाती अग्रता जोगाउन नसक्दा फ्रेन्डस क्लवसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

लिगको आठौं चरणमा बराबरीसँगै चर्च ब्वाइजले आफ्नाे अपराजित यात्रालाई कायम नै राखेको छ ।

चर्च ब्वाइजका लागि जोशेफ बेम्पा र फ्रेन्डसका लागि अमृत लामाले गोल गरेका हुन् ।

त्रिपुरेश्वरमा आज भएको आठौं चरणको अन्तिमा खेलको २१ औं मिनेटमा चर्च ब्वाइजले अग्रता बनाएको थियो । चर्च ब्वाइजका लागि जोशेफ बेम्पाले गोल गरेका हुन् । उनले सुसिल शाहको लामो पासमा उत्कृष्ट फिनिसिङ गर्दै गोल गरेका हुन् ।  

त्यसअघि खेलको १९ औं मिनेटमा चर्च व्बाइजले अग्रता लिने अवसर गुमाएको थियो ।

त्यसपछि खेलको ३० औं मिनेटमा फ्रेन्डसले पाएको कर्नर प्रहारमा भेनसको हेडर फ्रेममा पर्न सकेन् ।

पहिलो हाफको एक गोलले पछि परेको फ्रेन्डस क्लवले खेलको ७३ औं मिनेटमा बराबरी गोल गन सफल भयो । फ्रेन्डसका अमृत लामाले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए ।

खेलको ७० औं मिनेटमा रफिक कमिनोलाई चर्च ब्वाइजका मनोज राईले डि बक्सभित्र खराब ट्याकल गरेकाले रेफ्रि नविन्द्र महर्जनले पेनाल्टी दिएका थिए ।

बराबरीसँगै चर्च ब्वाइज तालिकामा एक स्थानमाथि उक्लँदै तेस्रो स्थानमा पुगेको छ । उसको १४ अंक रहेको छ ।

१३ औं स्थानमा रहेको फ्रेन्डस क्लवको पाँच अंक रहेको छ ।  

प्रतिक्रिया