मंगलबार, जेठ २८, २०८२

‘संविधानमै उल्लेख भइसकेका कुरालाई तर्क, वितर्क गरेर उल्ट्याउन खोज्ने प्रयास भइरहेकाे छ’

नेपालखोज २०८० वैशाख १ गते १०:१२

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले आन्दोलनबाट प्राप्त उपलब्धि उल्टिने खतरा रहेको बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा पार्टीका नेता तथा कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधानमै उल्लेख भइसकेका र आत्मसाथ गरिसकेका कुरालाई पनि अहिले तर्क, वितर्क गरेर असफल बनाउने र उल्ट्याउन खोज्ने प्रयास भइरहेको बताए ।

उनले वर्तमान समयमा आफ्नो पार्टी नेकपा (माओवादी केन्द्र) सरकारमा रहेकाले परिवर्तन उल्टिँदैन जस्तो लागेपनि स्थिति सहज नरहेको जिकिर गरे । उनले जिम्मेवारी बोध गरी संघर्ष नगर्ने हो भने अफ्ठ्यारो स्थिति आउनसक्ने चेतावनी दिए ।

प्रधानमन्त्री दाहालले सरकारलाई जनमुखी बनाउने, जनताको आशा अनुसार काम गर्ने चुनौति रहेकाले योजनाहरुको कार्यान्वयन गर्दै जानुपर्ने बताए ।

प्रतिक्रिया