काठमाडौं महानगरमा पूर्णरुपमा अनलाइन नक्सापास प्रणालीको सुरुवात
नेपालखोज
२०८० वैशाख १ गते १५:५०

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आजदेखि पूर्णरुपमा अनलाइन नक्सापास प्रणाली सुरुवात गरेको बताएका छन् । शाहले अनलाइन प्रणालीको प्रयोगबाट घर तथा संरचना बनाउँदा घरनक्सा दर्ता अनलाइनबाटै पेस गर्न सकिने बताएका हुन् ।
शाहले सामाजिक सन्जालामा लेख्दै भनेका छन्, ‘संधियारको सूचना, राजस्व तिर्ने, फिल्ड भिजिट मिति तोक्ने तथा प्लिन्थ लेभलसम्मको इजाजत लगायतका सम्पूर्ण प्रक्रिया महानगर तथा मातहतका कार्यालयमा नगइ अनलाइनबाट नै सेवा लिन सकिनेछ ।’
यसले पहिले २-३ महिना लाग्ने प्रक्रियालाई बढिमा २५ दिनमा छोट्याउने छ । यसका लागि सर्भरको स्तरोन्नतिसहित सफ्टवेयरका धेरै सुविधाहरु सुधार गरिएको छ । उनले भने, यो प्रणालीसँगै विचौलिया प्रवृति, वारेसनामा पद्दति, आर्थिक अनियमितता लगायतको अन्त्य भइ पारदर्शी र सहज प्रक्रिया सञ्चालन हुनेछ ।’
सम्बन्धित
प्रतिक्रिया