शुक्रबार, वैशाख २१, २०८१

साताको ७ तस्बिर

नेपालखोज २०८० वैशाख २ गते १९:३७

मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक वर्षको बैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यसवर्ष पहिलो पटक जिब्रो छेडाएका बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठ ।

राष्ट्रपति कार्यालय महाराजगञ्मा शुक्रबार आयोजित विभूषण सुशोभन समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई सुकीर्तिमय राष्ट्रदीप विभूषण प्रदान गर्नुहुँदै ।
सफा हिमाल अभियान २०२३ अन्तर्गत नेपाली सेनाको टोलीले हिमालमा संकलन गरेको फोहर । अभियान अन्तर्गत सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालहरुबाट करिब ३५ टन फोहोर संकलन गर्ने लक्ष्यका साथ नेपाली सेनाको टोली सफाई कार्यको लागि खटिएको छ ।

भेरी नगरपालिका–१ रिम्नास्थित सामुदायिक वनमा लागेको डढेलो । बुधबार बिहानैदेखि लागेको डढेलोले वनमा ठुलो क्षती पुगेको छ ।

धनगढीको धार्मिक तथा पर्यटकीय स्थल शिवपुरीधाममा मङ्गलबार पुतला नाँच (रनपुतला) प्रस्तुत गर्दै अछामी महिला ।
राष्ट्रिय युवासङ्घ नेपालको सोमबार नेपालगन्जमा सुरू भएको नवौँ राष्ट्रिय महाधिवेशनमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई नौ केजीको माला लगाइँदै
२०४६ को जनआन्दोलन सम्झाउने फोटो ।

तस्बिर : रासस

प्रतिक्रिया