सोमबार, वैशाख १७, २०८१

भिक्टोरिया सेक्रेटका सात नयाँ मोडल

नेपालखोज २०८० वैशाख ३ गते १३:१७

भिक्टोरिया सेक्रेटले आफ्ना लागि सात जना नयाँ मोडल चयन गरेको छ । अमेरिकी कम्पनी भिक्टोरिया सेक्रेटले आफ्नो छवि परिवर्तन गर्ने प्रयास गरिरहेको छ । महिलालाई वस्तुकरण गरेको आरोपमा परेको कम्पनीले अहिले सात जना नयाँ मोडलका साथ काम सुरु गरेको छ ।

मेगन रापिनो

मेगन रापिनो अमेरिकी फुटबल स्टार हुन् । उनि समलिङ्गी हुन भने उनले महिला तथा समलिङ्गीहरूको अधिकारका लागि काम गर्दै आएका छन । भिक्टोरिया सेक्रेटले अब आफ्नो ब्रान्डमा सेक्सको कन्टेन्ट कम गर्न चाहेको कुरा बताएको छ ।

प्रियंका चोपडा

भारतीय अभिनेत्री प्रियंका चोपडा पनि भिक्टोरियाज सेक्रेटले छानेका सात मोडलमध्ये एक हुन् ।

भ्यालेन्टिना साम्पियो

ब्राजिलियन ट्रान्सजेन्डर मोडल भ्यालेन्टिना साम्पियो भिक्टोरिया सेक्रेटक‍ो विविधताको अर्को अनुहार हुन् । भिक्टोरिया सेक्रेटले २०१९ पछि नै आफ्नो बहुचर्चित फेसन शो बन्द गरिसकेको छ ।

अमान्डा डे क्याडेनेट

बेलायतमा जन्मिएकी फोटोग्राफर अमान्डा अमेरिकाको क्यालिफोर्नियामा बस्छिन् । ४९ वर्षीया अमान्डा लेखिका पनि हुन् भने उनि टिभी कार्यक्रम समेत प्रस्तुत गर्छिन् ।

आईलीन गू

फ्रिस्टाइल स्कीइङकि विश्व च्याम्पियन एलीन अमेरिकामा जन्मिएकी थिइन् तर उनी चीनबाट खेल्छिन्। यही वर्ष उनले आफ्नो पहिलो एक्स खेलमा तीन पदक जितेर इतिहास रचेकि छिन् ।

पालोमा एलसेकर

बेलायतमा जन्मिएकि अमेरिकी तथा स्विस मुलकि एलसेकर प्लस साइज मोडल हुन् । विक्टोरियाज सीक्रेटले यश पटक आफ्ना मोडलमा हरेक वर्गका महिलाको प्रतिनिधित्व होस भन्ने चाहेको छ ।

एडट आकेच बायर

दक्षिण सुडानी मूलकी आकेच अस्ट्रेलियामा मोडलिङ गर्छिन् । २१ वर्षीया अकेच मोडलिङ संसारकि ठूलो नाम हुन् ।

प्रतिक्रिया