शुक्रबार, वैशाख २८, २०८१

बिना पैसा साउथका ५ सुपरहिट फिल्म हेरौँ

नेपालखोज २०८० वैशाख ४ गते १५:०१

काठमाडाैं । बलिउडका फिल्महरु बक्स अफिसमा नराम्रो सँग फ्लप भैरहेका छन् जबकि साउथका फिल्मको बक्स अफिसमा निकै दबदबा छ । दक्षिण भारतका तमिल, तेलुगु, मलयालम तथा कन्नड भाषाका फिल्मले हिन्दी दर्शकहरूलाई मात्र होइन संसारभरका दर्शक लाइ प्रभावित तुल्याइ रहेका छन् । यसको पछिल्लो उदाहरण ‘भोला’ र ‘दसरा’बाट बुझ्न सकिन्छ । अजय देवगनको ‘भोला’ भन्दा नानीको ‘दसरा’को क्रेज दर्शकमाझ बढी देखियो । दसरा भन्दा पहिले बक्स अफिसमा ‘आरआरआर’, ‘कान्तारा’, ‘केजीएफ’, ‘पुष्पा’, ‘बाहुबली’ तथा ‘सीता रामम’ जस्ता फिल्मले खूब कमाई गरेका थिए ।

दक्षिण भारतका यस्ता धेरै फिल्म छन्, जुन हिन्दीमा रिलिज भएनन् , तर अहिले ती चलचत्र विभिन्न प्लेटफर्ममा हिन्दी भाषामा समेत उपलब्ध छन् । हामी यहाँ दर्शकले निकै मन पराएका साउथका दुई ठूला सुपरस्टार धनुष र नानीका ५ वटा फिल्मका बारेमा बताइरहेका छौँ, जसलाई हेर्न कुनै शुल्क तिर्नुपर्दैन भने कुनै किसिमको सदस्यता पनि लिनु पर्दैन । आफ्नो तर्फबाट एक रुपैया पनि खर्च नगरि हेर्न सकिने यी ५ चलचित्र आईएमडीबीको रेटिङमा शीर्ष स्थानमा छन् । यी फिल्ममा प्रसस्तै एक्सन र इमोशनहरू छन् । यी फिल्म हेरेपछि मुखबाट ‘वाह’, ‘गजब’, ‘क्या बात’ नै निस्कन्छ । जब यी फिल्महरू बक्स अफिसमा रिलिज भएका थिए तिनले निकै राम्रो आम्दानी पनि गरेका थिए । यदि चाहने हो भने हामि यी चलचित्र एक क्लिकमा हेर्न सक्छौँ।

जर्सी : नानीको ‘जर्सी’ सुपरहिट फिल्ममध्ये एक हो । यसलाई हिन्दीमा पनि निकै रुचाइएको थियो । आईएमडीबीमा यसको रेटिङ ८.५ छ । यो सिनेमा गोल्डमाइनको युट्युब च्यानलमा क्लिक गरेर हेर्न सकिन्छ।

एमसीए : नानीको ‘एमसीए’ अर्थात् ‘मिडल क्लास ब्बाय’ पनि सुपरहिट फिल्म थियो । यो फिल्ममा साई पल्लवी र भूमिका चावला थिए । यद्यपि यसले आईएमडीबीमा ६.५ रेटिङ मात्र पाएको छ । तर दर्शकमाझ यो निकै रुचाइयो । यो चलचित्र पनि गोल्डमाइनको युट्युब च्यानलमा क्लिक गरेर हेर्न सकिन्छ।

वाडा चेन्नई : धनुष , आमिर तथा एन्ड्रिया स्टारर ‘वाडा चेन्नई’ लाई आईएमडीबीमा ८.४ रेटिङ दिइएको छ । यो सिनेमा गोल्डमाइनको युट्युब च्यानलमा हेर्न पाइन्छ।

वेल्लाइल्ला पट्टाधरी (वीआईपी) : धनुष र अमला पल स्टारर यो फिल्मको आईएमडीबी रेटिङ्ग ७.८ छ । यो सिनेमा पेन मुभिजको युट्युब च्यानलमा उपलब्ध छ ।

इग्गा (मक्खी) : नानी र किचा सुदीप स्टारर यो फिल्मको निर्देशन एसएस राजामौलीले गरेका हुन । यसको आईएमडीबी रेटिंग ७.७ छ । यसलाई हामी भेनस इन्टरटेनमेन्टको युट्युब च्यानलमा क्लिक गरेर हेर्न सक्छौँ ।

प्रतिक्रिया