शनिबार, जेठ ५, २०८१

कोरोना संक्रमणबाट एक जनाको मृत्यु

नेपालखोज २०८० वैशाख ४ गते १७:२९

काठमाडाैं । नेपालमा पछिल्लो चाैबीस घण्टामा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६३२ नमुनामध्‍ये ५७१ जनाको पीसीआर परीक्षणण गर्दा ६३ जना र १ हजार ६१ जनाको एन्टीजेन परीक्षण गर्दा ४१ जना गरी १०४ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै, कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । कोरोनाको सक्रिय संक्रमितको संख्या ३७९ जना पुगेको छ ।

प्रतिक्रिया