शुक्रबार, जेठ ४, २०८१

‘होण्डा चुज योर स्किम’ उपहार योजना

नेपालखोज २०८० वैशाख ४ गते १८:३५

काठमाडौं । नेपालमा सर्वाधिक रुचाइने टु ह्विलर भेइकले होण्डाको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले नयाँवर्ष २०८० शुभारम्भको सुखद अवसर पारेर ‘होण्डा चुज योर स्किम’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ ।

योजना अन्तर्गत होण्डाको कुनै पनि बाइक वा स्कुटरको खरिदमा नगद एक लाखसम्म जित्न सकिने स्क्र्याच कुपनसँगै आठ हजारसम्मको स्पेयर पार्टस्, इन्जिन आयल र दुई वर्षसम्मको फ्री सर्भिसिङ्ग वा १० हजार रुपैयाँसम्मको अतिरिक्त स्क्र्याच कुपन वा १२ हजार पाँच सय रुपैयाँसम्मको पाँच वर्षको लागि एनिवल मेन्टिनेन्स् कन्ट्र्याक (एएमसी) मध्ये कुनै एक स्किम रोज्न सकिने छ ।

नयाँ वर्षको अवसर पारेर ल्याइएको यस उपहार योजनाले ग्राहकहरुमा नयाँ उत्साह थप्ने विश्वास कम्पनीले लिएको छ । होण्डाले एक प्रतिशतको ब्याजदरमा सरल फाइनान्स सुविधा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया