शुक्रबार, चैत १६, २०८०

मातातीर्थ औंसीको अवसरमा प्रभु क्यापिटलको लगानी व्यवस्थापन सेवा विशेष अफर

नेपालखोज २०८० वैशाख ६ गते १९:३८

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले मातातीर्थ औंसीको अवसरमा विशेष अफर ल्याएको छ । आमाको अपार मायालाई सम्मान स्वरुप संचालन गरिएको प्रभु क्यापिटल लिमिटेडको लगानी व्यवस्थापन सेवामा निशूल्क वार्षिक शूल्क तथा प्रोफिट सेयररिङमा ५० प्रतिशत रहने क्यापिटलले जनाएको छ ।

‘माया स्वरुप उपहार, मेरी प्यारी आमालाई’ भन्ने नाराका साथ यो अफर वैशाख महिना सम्म संचालनमा रहने छ । यो अवधि भित्र लगानी व्यवस्थापन सेवामा आबद्ध हुने गा्रहकवर्गहरुले यस लगानी व्यवस्थापन सेवामा निशूल्क वार्षिक शूल्क तथा प्रोफिट सेयररिङमा ५० प्रतिशत छुट पाउन सक्ने छन् ।

ग्राहकले तीन लाख रुपैंयाँबाट लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् । तीन लाख रुपैयाँ ग्राहकले क्यास, आफ्नो शेयर पोर्टफोलियो, अथवा क्यास र शेयर पोर्टफोलियो मिक्स गरी लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् ।

क्यापिटलका अनुसार लगानी व्यवस्थापन सेवा योजनामा संलग्न भएका सेवाग्राहीले दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण ई–मेल मार्फत पाउने व्यवस्था प्रदान गरिरहेको छ । ग्राहकले प्रभु क्यापिटलको डिजिटल एप मार्फत पनि आफ्नो पोर्टफोलियो दैनिक हेर्न सक्ने सुविधा शुरु गरिसकेको क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया