शनिबार, वैशाख २२, २०८१

साताका ७ तस्बिर

नेपालखोज २०८० वैशाख ९ गते १८:५९

नेपालखोजका नियमित पाठकका लागि गएको आइतबार देखि शनिबारसम्मका ७ तस्बिर एकीकृत गरेर प्रस्तुत गरेका छौँ ।

पृथ्वी दिवसको अवसरमा ललितपुरको पाटन दरवार क्षेत्रबाट लुभुकाे महालक्ष्मी मन्दिरसम्मकाे साइकल र्‍यालीमा सहभागी हुनुहुँदै नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसन ।
पूर्व पश्चिम राजमार्ग नजिक चितवनको टिकौली जङ्गलमा चर्दै गरेको गैँडा । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका वन क्षेत्र दुर्लभ एकसिँगे गैँडाको मुख्य वासस्थान हो ।
भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका–१२, तल्लुस्थित भेरी नदीमाथि निर्माण भइरहेको भाँचिएकोे बेलिब्रिज पुल । उक्त बेलिब्रिज भाँचिदा पुलमा काम गर्ने चार जना श्रमिकको मृत्यु भएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय दाङले लोप हुने अवस्थामा पुगेको काठका सामग्री बनाउने तालिममा सीप सिक्दै । काठको ठेकीलगायतका सामग्री सीप हस्तान्तरण गरेर लोप हुन थालेका बस्तुको संरक्षण गर्न लागेको घरेलु कार्यालयले जनाएको छ ।


रातत्व विभागमा ‘मुलुक बाहिर लैजाने स्वीकृति’को छाप लगाउन ल्याइएका भगवान गौतम बुद्ध, गणेश र मञ्जुश्रीका मूर्ति । मूर्ति निर्यातका लागि उक्त विभागको छाप अनिवार्य चाहिन्छ । गत चैत महिनामा मात्र विभागले चीन र युरोप निर्यातका लागि १९ हजार ९५० मूर्तिमा बाहिर लैजाने स्वीकृतिको छाप लगाएको थियो ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो पावरद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको भर्टिकल प्रेसर साफ्ट (सुरुङबाट आएको पानीलाई विद्युत गृहमा खसाल्ने ठाडो सुरुङ) जोडिएको ठाउँ । १९६ मिटर अग्लो प्रेसर साफ्ट सुरुङको आज ब्रेक थ्रु जोडिएको हो ।
शे–फोक्सुण्डो गाउँपालिकाको वडा नं ३ र ८ को बीचमा पर्ने पाँच हजार २५० मिटर काङला पास हिमाल पार गर्दै वडा नम्बर ५ का वडाध्यक्ष कार्मा तार्के गुरुङसहित स्थानीय । सडक सञ्जालसँग नजोडिएको उपल्लो डोल्पामा सदरमुकाम दुनैबाट आवश्यक सामग्री लिएर यो हिमाल पार गरी जानुपर्ने बाध्यता स्थानीयवासीको छ ।

तस्बिर – रासस

प्रतिक्रिया