शुक्रबार, जेठ ४, २०८१

आज पनि घट्यो सुनको मूल्य

नेपालखोज २०८० वैशाख ११ गते ११:१२

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि नेपाली बजारमा सुनको मूल्य घटेको जानकारी दिएको छ । हिजो आइतबारको तुलनामा सुनको मूल्य २०० रुपैयाँले घटेको छ ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ६०० रुपैयाँ कायम छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ८०० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य २० रुपैयाँले घटेर तोलामा १४ सय २० रुपैयाँ कायम छ । हिजो आइतबार चाँदीको मूल्य तोलामा १४ सय ४० रुपैयाँ कायम थियो ।

प्रतिक्रिया