शुक्रबार, जेठ ४, २०८१

सुनको भाउ बढ्दा चाँदीको घट्यो

नेपालखोज २०८० वैशाख १३ गते ११:५३

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ बृद्धि हुँदा चाँदीको भाउ भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार मङ्गलबारको तुलनामा आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको छ भने चाँदी ५ रुपैयाँले घटेको छ ।

यो दिन आज छापावाल सुनको भाउ प्रतितोला १ लाख ९ हजार ५ रुपैयाँ रहेकोमा आज बढेर १ लाख ९ हजार ७ सय रुपैयाँ पुगेको छ । त्यस्तै, तेजावी सुनको भाउ १ लाख ९ हजार रुपैयाँबाट बढेर १ लाख ९ हजार २ सय रुपैयाँ पुगेको छ ।

यसैगरी प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भएको चाँदीलाई आज १ हजार ४ सय १५ रुपैयाँ पर्ने महासङ्घले जनाएको छ ।

प्रतिक्रिया