आइतबार, जेठ ६, २०८१

फिल्म ‘हल्कारा’को गीतमा प्रकाश र देवीको स्वर (भिडियो)

नेपालखोज २०८० वैशाख १३ गते १३:३७

काठमाडौं । विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्म ‘हल्कारा’को गीतमा प्रकाश सपुत र देवी घर्ति मगरको स्वर समाबेश गरिएको छ ।

मंगलबार फिल्ममा समावेश ‘जीवन कठै बरी’ बोलको गीत सार्वजनिक गरिएको हो।

गीत तथा संवादहरूले वैदेशिक रोजगारीले निम्त्याएको पीडालाई दर्शाएको छ। गीतमा प्रकाश सपूतकै शब्द तथा संगीत रहेको छ।

फिल्ममा महेश त्रिपाठी र बिनिता थापामगरको मुख्य भूमिका छ। फिल्ममा महेश त्रिपाठीले रामको रूपमा हुलाकीको चरित्र निर्वाह गरेका छन् भने बिनिता थापामगर मियाको भूमिकामा छिन्।

कालीपार स्टुडियो र आइसफल प्रोडक्सनले निर्माण गरेको फिल्ममा महेश र बिनितासँगै उमेश तामाङ, पशुपति राई, स्व. दीपक क्षेत्री, विद्या कार्कीलगायत कलाकारको अभिनय छ।

फिल्मको कथा विक्रमसँगै विप्लप प्रतीक र आकाश बरालले मिलेर लेखेका हुन्। यो फिल्म वैशाख २९ गतेदेखि प्रदर्शन हुँदैछ।

https://youtu.be/K-zVVdmy7qk

प्रतिक्रिया