आइतबार, जेठ ६, २०८१

साउदीलाई हराउँदै ओमान सेमिफाइनलमा

नेपालखोज २०८० वैशाख १३ गते १७:२९

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा साउदीलाई हराउँदै ओमान सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ अन्तर्गत त्रिवि मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा ओमानले साउदी अरबलाई ७२ रनले हराएको हो ।

जितका लागि ओमानले दिएको तीन सय ६७ रनको लक्ष्य पछ्याएको साउदी ४६.५ ओभरमा सवै विकेटको क्षतिमा दुई सय ९४ रनमा समेटिएको थियो । साउदीका लागि ओपनर अब्दुल वाहिद र साद खानले अर्धशतकीय रन बनाए । वाहिदले ९५ र खानले ७८ रन बनाए । कप्तान हिशाम शेखले ३४ र अब्दुल वाहिदले २५ रन बनाए ।

जितसँगै ओमानले समूह ‘ए’ बाट सेमिफाइनलमा स्थान बनाएको हो । समूहमा चार खेलबाट ६ अङ्क बनाएको ओमान तालिकाको शीर्षस्थानमा छ । यसअघिनै सेमिफाइनलमा पुगेको नेपालको तीन खेलबाट पाँच अंक छ । बिहीबार नेपाल र कतारबीचको खेलपछि समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।

समूहको अन्तिम खेलमा नेपालले कतारलाई हराएमा नेपाल समूह विजेता बन्नेछ । समूह ‘ए’ बाट मलेसिया, साउदी अरब कतार बाहिरिएका छन् ।

प्रतिक्रिया