आइतबार, जेठ ६, २०८१

एसीसी प्रिमियर कप : नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्दै

नेपालखोज २०८० वैशाख १४ गते ६:४५

काठमाडाैं । नेपाल आज तुलनात्मक रुपमा कमजोर टिम सँग भिडदै नेपालले आज एसीसी प्रिमियर कपमा समूह चरण अन्तर्गत समूह ए को अन्तिम खेलमा कतारसँग प्रतिस्पर्धा गर्दैछ । यो खेल वैशाख १४ गते बिहिबार बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुँदैछ । नेपाल आज कतारलाई हराउँदै समूह चरणमा अपराजित रहेर समूह विजेता बन्दै सेमिफाइनलमा पुग्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।

नेपाल ३ खेलमा २ मा जित र १ मा अंक बाँड्दै ५ अंकका साथ दोस्रो स्थानमा छ । कतार तीनै खेलमा जित विहीन हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ । कतार ओमानसँग ४० रन, साउदीसँग ७ विकेट र मलेसियासँग ३ विकेटले पराजित भएको थियो । नेपाल यो खेलमा विजयी भए वा कुनै कारणले अंक बाँडे पनि समूह विजेता बन्नेछ । अहिले ओमान आफ्ना सबै ४ खेल पछि ३ मा जित र १ मा हारसहित ६ अंकका साथ शीर्षस्थानमा छ ।

आजको खेलमा नेपाल पराजित भएको खण्डमा ओमान समूह ए को विजेता बन्नेछ भने नेपाल समूह उप बिजेता हुँदै सेमिफाईनलमा समूह बी को बिजेता सँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र कतार २००८ पछि पहिलो पटक ५० ओभरको खेलमा आमने – सामने हुँदैछन् । २००८ को उक्त खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो । २०१९ को टि २० आई खेलमा भने नेपाल कतारसँग पराजित भएको थियो । आइसिसी विश्वकप टि २० एसिया क्षेत्र छनोटमा नेपाल कतारसँग ४ विकेटले पराजित भएको थियो । प्रतियोगिता पहिलो सेमिफाइनलमा समूह ए को विजेता समूह बी को उपविजेतासँग भिडनेछ । दोस्रो सेमिफाइनलमा समूह बी को विजेताले समूह ए को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

यी दुबै सेमिफाइनल वैशाख १६ गते शनिबार सम्पन्न हुनेछन भने यो प्रतियोगिताको फाइनल वैशाख १८ गते सोमबार हुनेछ । यो प्रतियोगिताको विजेता मुलुकले एसिया कपमा सहभागिता जनाउन पाउनेछ ।यसैगरी शीर्ष तीन देसले एसिसी इमर्जिङ टिम्स एसिया कपमा प्रतिस्पर्धा गर्न पाउनेछन् । एसिसी इमर्जिङ टिप्समा एसियाका टेस्ट मान्यता प्राप्त देसका यू-२३ टिमको सहभागिता रहनेछ । एसिया कप सेप्टेम्बरमा पाकिस्तानमा तथा इमर्जिङ टिम्स एसिया कप जुलाईमा हुनेछ ।

प्रतिक्रिया