आइतबार, जेठ ६, २०८१

कतारविरुद्ध ब्याटिङ गर्दै नेपाल

नेपालखोज २०८० वैशाख १४ गते ९:०२

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा कतारविरुद्ध नेपालले टस हारेको छ । टस हारेको नेपालले कतारविरुद्ध सुरुवातमा ब्याटिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा कतारले टस जितेर पहिला बलिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो । गत शुक्रबार ओमानविरुद्धको खेलमा टिममा रहेका करण केसी बाहिरिएका छन् । करणको स्थानमा गुलशन झाले मौका पाएका छन् ।

प्रतिक्रिया