शनिबार, जेठ ५, २०८१

किफायती मुल्यका ईभि

नेपालखोज २०८० वैशाख १४ गते १०:२३

काठमाडाैं । पेट्रोल- डिजेलको मूल्य बढ्दै गएपछि धेरै कम्पनीले विद्युतीय कार बजारमा ल्याइरहेका छन् । योसँगै बजारमा विद्युतीय कारको माग पनि दिनप्रतिदिन बढ्दै गएको छ । अहिले संसारभर विद्युतीय कार लोकप्रिय बन्दै गएका छन् । यस्तो अवस्थामा विद्युतीय कारको मूल्य पनि उच्च छ । आज हामी सबैभन्दा सस्ता इलेक्ट्रिक कारका बारेमा जानकारी दिदैंछौँ । यसमा टाटाको नानो तथा एमजी कमेट पनि छ । यद्यपि यी कार भर्खर रिलिज हुँदैछन् ।

टाटा नेक्सन ईभी

टाटा नेक्सन ईभी को अन्तर्राष्ट्रिय बजार मूल्य २३.१८ लाख देखि ३१.२६ लाख रुपैयाँ सम्म छ । यो दुई संस्करणमा उपलब्ध छ – नेक्सन ईभी प्राइम तथा नेक्सन ईभी म्याक्स । नेक्सन ईभी म्याक्सले ठूलो ब्याट्री प्याक प्रदान गर्दछ र पूर्ण चार्जमा यो ४५३ किलोमीटरको रेन्ज दिनसक्छ । यसमा ४०.५ किलोवाटको ब्याट्री दिईएको छ।

टाटा टिगोर ईभी

टाटा टिगोर ईभीको अन्तर्राष्ट्रिय बजार मूल्य १९.९८ लाखदेखि २२ लाख रुपैयाँसम्म छ। यसले ३१५ किलोमिटर सम्मको रेन्ज प्रदान गर्दछ । यसले नेक्सन इलेक्ट्रिकबाट Ziptron EV प्रविधि प्राप्त गरेकोछ। टिगोरमा २६ किलोवाटको ब्याट्री प्याक जडान हुन्छ । यसको इलेक्ट्रिक मोटरले ७५ पीएस पावर तथा १७० एनएम टर्क जेनरेट गर्छ।

सिट्रोएन ईसी ३

सिट्रोएन ईसी ३ को अन्तर्राष्ट्रिय बजार मूल्य १८.४० लाख देखि २०.४१ लाख रुपैयाँ सम्म छ । यसले ३२० किलोमिटर सम्मको रेन्ज दिन्छ । यसमा २९.२ किलोवाटको ब्याट्री दिईएको छ । यसको मोटरले ५७ पीएस पावर तथा १४३ एनएम टर्क जेनरेट गर्छ।

टाटा टियागो ईभी

टाटा टियागो ईभीको अन्तर्राष्ट्रिय बजार मूल्य १३.९० लाख देखि १९.१८ लाख सम्म छ । यसले ३१५ किलोमीटर सम्मको रेन्ज प्रदान गर्दछ । यो दुई ब्याट्री प्याक विकल्पमा उपलब्ध छ – १९.२ किलोवाट तथा २४ किलोवाट । यसको १९.२ किलोवाटको ब्याट्रीले २५० किलोमीटरको रेन्ज प्रदान गर्दछ भने २४ किलोवाटको ब्याट्रीले ३१५ किलोमीटर सम्मको रेन्ज प्रदान गर्दछ।

प्रतिक्रिया